सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनले दिएको चिकित्सा सामग्री आज तातोपानी आइपुग्दै


  •    न्युजभित्तो/१४ चैत्र २०७६, शुक्रबार ११:४९ 
  • सिन्धुपाल्चोक । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

    सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताउनुभयो ।

    ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, आज (शुक्रबार)देखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भन्नुभयो । अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो ।

    स्थानीयवासीले गरे बाटो बन्द
    सिन्धुपाल्चोकको मेलम्ची–१, भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन् । प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी दिनुभयो । अत्यावश्यक यातायातका साधन र व्यक्तिलाई भने अवरोध नगरिने बताइएको छ ।

    सिन्धुपाल्चोकबाट काठमाडौँ ओहोरदोहोर गर्नेको सङ्ख्या निकै रहेको स्थानीयवासी बताउँछन् । काठमाडौँ र सिन्धुपाल्चोकको नाकाको रुपमा रहेको भोटेचौरमा नगरपालिकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नभएकाले रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयवासीको भनाइ छ । बाटो अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.