सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय


  •    न्युजभित्तो/१३ चैत्र २०७६, बिहीबार १९:३९ 
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा सात सय भन्दा बढी मानिसको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जनाएको छ ।

    मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको आशङ्कामा स्वास्थ्य परीक्षण गर्न आएका सात सय भन्दा बढीको परीक्षण गर्दा कुनै पनि सङ्क्रमण फेला नपरेको बताउनुभयो । यसअघि नेपालमा तीन नेपालीमा कोरोना भाइरस पोजेटिभ भएको देखिएकामा एक जनालाई पूर्ण रुपमा ठीक भएको र अन्य दुई जनाको उपचार भइरहेको छ ।

    विदेशबाट आएका नागरिकले आफूलाई सङ्क्रमण भएको कसरी थाहा पाउने, कहाँ बस्ने जस्ता प्रश्न गरिरहेका उल्लेख गर्दै सचिव कोइरालाले भन्नुभयो, “विदेशबाट फर्किएका कोही पनि आत्तिनु पर्दैन, यो भाइरसका कारण तपाईंहरुलाई रुघा लाग्नसक्छ, खोकी लाग्ने र ज्वरो आउन सक्छ, लक्षण देखिना साथ यही हो भन्ने हुँदैन ।” उहाँले यदि त्यस्तो आशङ्का भएमा आइशोलेसनमा बसेर तीन÷चार दिन हेर्दै गएर लक्षण बढ्दै गएमा अस्पतालमा नमूना परीक्षण गर्नुपर्ने र त्यसको थप उपचार सरकारले अगाडि बढाउने प्रष्ट पार्नुभयो ।

    सचिव कोइरालाले देशभर २५ अस्पताललाई ‘फिवर हब’ का रुपमा सञ्चालन गर्न तोकिएको र सञ्चालनका लागि आवश्यक उपकरण किन्न प्रत्येक अस्पताललाई रु १० लाख रकम उपलब्ध गराइसकेको जानकारी दिनुभयो । उहाँले छ फिट टाढा बस्ने, साबुन पानीले बेलाबेलामा हात धोइरहने तथा घरमै बस्न आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.