सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुग्ध कृषकको पीडा : ‘लकडाउन’ले चितवनमा मात्रै दैनिक डेढ करोडको दुध खेर जाँदै


  •    न्युजभित्तो/१३ चैत्र २०७६, बिहीबार १५:५० 
  • चितवन । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोकथाम र नियन्त्रण गर्न देशव्यापि ‘लकडाउन’ गरिएपछि कृषकहरुले उत्पादन गरेको दुध विक्रि गर्न समस्या भएको छ । एकातर्फ उत्पादित दुध खेर जान थालेपछि कृषकहरु मारमा परेका छन् भने अर्कोतर्फ उपभोक्ताले दुध उपभोग गर्न पाएका छैनन् ।

    चितवन जिल्लामा दैनिक तीन लाख लिटर दुध उत्पादन हुँदै आएको छ । कृषकका अनुसार फ्याट र ल्याक्टो नापेर गाईको दुधको प्रति लिटर ४५ देखि ५५ रुपैयाँसम्म र भैंसीको दुधको प्रति लिटर ५५ देखि ६५ रुपैयाँसम्म कृषकले पाउने गर्दछन् । चितवनमा गाईको दुध धेरै उत्पादन हुने गर्दछ । औषतमा कम्तीमा प्रति लिटर ५० रुपैयाँको दरले पनि तीन लाख लिटर दुधको डेढ करोड रुपैयाँ पर्दछ ।

    चितवनमा उत्पादन भएको दुधको ४५ प्रतिशत खपत स्थानीय बजारमै हुने भएपनि बांँकी दुध काठमाडौं जाने गरेको छ । सरकारले दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई छुट दिएपनि व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको हो । किसानले दुध उत्पादन गरेपनि अधिकांश डेरी र अन्य पसल बन्द हुंँदा वितरणमा समस्या परेको किसानको भनाइ छ ।

    व्यावसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले दुग्ध सङ्कलन केन्द्रले दुध नै नलिँदा समस्या परेको बताउनुभयो । “दुधको उत्पादन छ तर सङ्कलन केन्द्रले दुध नै लिन मान्दैनन्” उहाँले भन्नुभयो । उहाँका अनुसार दुग्ध विकास संस्थान (डीडीसी)को सङ्कलन केन्द्रले नै दुध नलिएका कारण समस्या भएको हो । चोकर, दाना पनि पाउन छाडिएपछि चौपायलाई समेत बचाउन गाह्रो परिरहेको अध्यक्ष न्यूरेले बताउनुभयो ।

    काठमाडौंबाट दुध बोक्ने ट्यांकर नआएको र स्थानीय दुग्ध उद्योगहरु पनि बन्द भएका कारण थप चिन्तामा रहेको किसानको गुनासो छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगाले दुध सङ्कलन र वितरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने थप चिन्ताको विषय रहेको बताउनुहुन्छ । “उपभोक्ता घरबाहिर निस्कदैनन् । सरकारले यसको सही व्यवस्थापन गर्न सकेको छैन” उहाँले भन्नुभयो ।

    आफूले बारम्बार काठमाडौंका नीजि डेरीलाई दुध लिन आग्रह गरेपनि दुध लिन नआएको उहाँको भनाई छ । दुधको माग भएपनि आफूले डेरी पसल खोल्न सक्ने अवस्थामा नरहेको साना डेरीका सञ्चालकहरु बताउँछन् । मांँ शक्ति डेरीका सञ्चालक लोकनाथ सापकोटा डेरी खोलेपनि पसलमा मानिसको भीड हुने हुँदा आफैलाई डर हुने गरेकोले खोल्न नसकेको बताउनुहुन्छ ।

    गंगानगर दुग्ध उत्पादक सहकारी संस्था पनि आजबाट बन्द भएको व्यवस्थापक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “खोलेर मात्र के गर्नु दुध बिक्रीनै हुँदैन ।” उक्त सहकारीमा दैनिक पाँच हजार लिटर दुध बिक्री हुँदै आएको थियो । किसानबाट सङ्कलन गरे पनि दुध बिक्री नभएपछि सङ्कलन गर्न छाडिएको हो ।

    चितवनमा झण्डै पाँच सय व्यावसायिक दुग्ध उत्पादक फार्म रहेका छन् । भिजन डेरी उद्योग प्रा.लि.भरतपुरका प्रबन्ध निर्देशक सुजन अधिकारी दैनिक चार हजार पाँच सय लिटर दुध बिक्रि हुने गरेकोमा आज दुई सय लिटर मात्र बेच्न सकेको बताउनुहुन्छ । सहकारीबाट ल्याउनेदेखि उपभोक्तासम्म पुर्याउन समस्या नै समस्या भएकाले काम गर्न नसकेको उहाँको भनाई छ ।

    भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेको चितवन मिल्कमा नीजि डेरीहरुले सङ्कलन गरेको दुध प्रशोधन गरि पाउडर बनाउँदै आएको भए पनि बुधबारदेखि उद्योग बन्द भएको छ । उद्योगमा प्रयोग हुने रसायनको अभाव र मजदुर तथा कर्मचारी सहज आवागमन गर्न नपाएपछि उद्योग बन्द भएको जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.