सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर कोरोना अस्पताललाई लायन्स क्लबको सहयोग, तीन लाख रुपैयाँका सामग्री हस्तान्तरण


  •    न्युजभित्तो/१३ चैत्र २०७६, बिहीबार १३:५७ 
  • चितवन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि टु नेपालले भरतपुरमा हालै सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई आज अत्यावश्यक सामग्रीहरु उपलव्ध गराएको छ । क्लबका भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले एरिया ३ चितवनका लायन्स क्लबहरुको तर्फबाट भरतपुर महानगरपालिकाका प्रमुख एवम् अस्पतालका संयोजक रेनु दाहाललाई ती सामग्री हस्तान्तरण गर्नु भएको हो ।

    क्लबले ५० थान पिपिई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) र ५० लिटर सेनिटाईजर अस्पताललाई हस्तान्तरण गरेको हो । भट्टका अनुसार तीन लाख रुपैयाँ भन्दा बढि मूल्यका सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण गर्दै उहाँले अत्यावश्यक भएकाले तत्काल यी सामग्री उपलव्ध गराएको र आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामग्री ग्रहण गर्दै महानगर प्रमुख दाहालले यो अभियान साझा अभियान भएकाले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

    अस्पतालका सदस्य–सचिव डा. भोजराज अधिकारीले अहिलेका अत्यावश्यक सामग्रीहरु प्रदान गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिँदै यस अभियानमा जुट्न सबैमा आव्हान गर्नुभयो । सामग्री हस्तान्तरण गर्न भट्टसँगै क्लबका चिफ एडभाईजर सिद्धार्थलाल चुके, दिननाथ न्यौपाने, सिनियर एडभाईजर डा. शारदा कँुवर, बागेश्वरी लायन्सका पूर्व अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र नारायणगढ लायन्सका अध्यक्ष निरज श्रेष्ठ अस्पताल पुग्नु भएको थियो ।

    अस्पताललाई यसअघि सिजि फाउण्डेसनले १० थान पीपीई उपलव्ध गराएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.