सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्क्रमणबाट बच्न एम्बुलेन्स चालकलाई पीपीई ड्रेस


  •    न्युजभित्तो/१३ चैत्र २०७६, बिहीबार ०९:१७ 
  • भद्रपुर । लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् ।

    स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पीपीई ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) लगाएका हुनेछन् ।

    उहाँले दमक, विर्तामोड, धुलाबारी, कनकाइ, बनियानी र भद्रपुर क्षेत्रका छ एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । चालकलाई एन–९५ मास्कसमेत दिएर हरि–हिमा ढकाल स्मृति प्रतिष्ठान दमकको मे१च ५६४१, पदमप्रसाद उप्रेती प्रतिष्ठान विर्तामोडको मे१च ८९९, उद्योग वाणिज्य सङ्घ मेचीनगरको मे१च ९२१, प्रधान डाग्नोस्टिक सेन्टर कनकाइको मे१च १२९६, कचनकवल गाउँपालिकाको प्रदेश१–००१झ २०३ नम्बर र मेची अञ्चल अस्पतालका एम्बुलेन्स रहेका छन् ।

    कोरोना सर्ने डरले एम्बुलेन्स चालकले बिरामी नबोक्ने हुन् कि भन्ने आशङ्का अब मेटिएको छ । विदेशबाट आएर रुघाखोकी लागेको, होमक्वारेन्टाइन वा सरकारी क्वारेन्टाइनमा बसेका, अस्पतालको आइसोलेसनमा बसेका बिरामीलाई समेत यी एम्बुलेन्सले जुनसुकै बेला सेवा पुर्याउने भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.