सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि, सङ्क्रमित हुने ३० वर्षका पुरुष


  •    न्युजभित्तो/१२ चैत्र २०७६, बुधबार १३:०६ 
  • काठमाडौँ । नेपालमा तेस्रो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसको पुष्टि गरेको छ । यसअघि दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो।

    योसहित नेपालमा भेटिएका तीन जना कोरोना भाइरस सङ्क्रमित मध्ये एक जना उपचारपछि निको भइसकेका छन्। प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि अरूबाट अलग्ग राखिएको चिकित्सकले बताएका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार करिब ३० वर्षका ती बिरामी हालै खाडी मुलुकबाट नेपाल आएका थिए ।

    फेब्रुअरी महिनामा चीनको वुहानबाट नेपाल फर्किएका एक विद्यार्थी निको भइसकेका छन् भने गत साता फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। उनको उपचार भइरहेको छ।

    दोस्रो व्यक्तिमा कोरोनाभाइरस भएको पुष्टि भएपछि सङ्क्रमण फैलिन नदिन सरकारले हिजोदेखि एक साताका लागि देशभर लकडाउन गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.