सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लकडाउनको अवज्ञा हुन थालेपछि पाल्पामा कर्फ्यू


  •    न्युजभित्तो/१२ चैत्र २०७६, बुधबार १२:१२ 
  • पाल्पा । सरकारले गरेको लकडाउनको अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले (कर्फ्यू) निषेधाज्ञा जारी गरेको छ ।

    कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न आव्हान गरिएको लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । निषेधाज्ञा अवज्ञा गर्नेलाई ऐनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम नोबेल कोरना भाइरसको सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    रामपुरमा २० शैय्याको क्वारेन्टाइन
    कोरना भाइरस ९कोभिड– १९० सङ्क्रमितको आशंका लागेकाहरुलाई राख्नका लागि रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा २० शैय्याको क्वारेन्टाइन बनाइएको छ ।

    गाउँ गाउँमा स्वास्थ्यकर्मीसहितको घुम्ती टोली परिचालन गर्ने र शङ्कास्पद व्यक्तिलाई बुधवारदेखि क्वारेन्टाइनमा राखिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट नगरपालिका भित्रिएका नागरिक र शङ्कास्पद लागेका नागरिकलाई क्वारेन्टाइनमा ल्याएर राख्नेछौँ, तत्काललाई वीस शैय्याको क्वारेन्टाइन बनाइएको छ भने आवश्यकता अनुसार दुईसय शैय्यासम्मको बनाउने तयारीमा छौँ ।”

    भारतलगायत तेस्रो मुलुकबाट नगर भित्रिएका नागरिकलाई सम्बन्धित वडा कार्यालयको अगुवाइमा पहिचान गरी क्वारेन्टाइनमा राखिने उहाँको भनाइ छ । नगरपालिकाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि चार वटा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट र दुई वटा गन थर्मोमिटर व्यवस्थापन गरेको छ । विभिन्न स्थानमा हेल्प डेस्क सेवा पनि दिइरहेको छ ।

    ८९ सवारीसाधन नियन्त्रण

    जिल्ला प्रहरी कार्यालय पाल्पाले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी चलाएको भन्दै ८९ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ८९ सवारीसाधन नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार तानसेन नगरपालिकामा ३० मोटरसाइकल र ११ ट्रक गरी ४१ सवारीसाधन तथा रामपुर नगरपालिका क्षेत्रबाट ३२ मोटरसाइकल, नौ स्कुटर, पाँच ट्रक र दुई ट्रयाक्टर गरी ४८ सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका ती सवारी साधनलाई कागज बनाएर छाडेको काफ्लेले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.