सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अत्यावश्यक सामग्री निर्बाध ढुवानी गर्न वाग्मती सरकारको अनुरोध


  •    न्युजभित्तो/११ चैत्र २०७६, मंगलवार २३:१३ 
  • हेटौँडा । वाग्मती प्रदेश कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अत्यावश्यक सामग्री निर्बाध ढुवानी गर्न र गराउन अनुरोध गरेको छ । समितिको बैठकपछि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा औषधि, खाद्यवस्तु, इन्धन, खानेपानी र दूध जस्ता अत्यावश्यक सामग्री ढुवानी गर्न तथा गराउन अनुरोध गरेको हो ।

    बैठकले अत्यावश्यक काममा बाहेक आवतजावत तथा हिँडडुल नगर्न तथा गर्न नदिनसमेत अनुरोध गरेको छ । मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा औषधोपचार, खाद्यवस्तु खरीद जस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन, अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी सवारी साधन सञ्चालन नगर्न र नगराउन, स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा नियमित रुपमा सञ्चालन गर्न तथा गराउन अनुरोध गरिएको छ ।

    यसैबीच सरकारले घोषणा गरेको लकडाउनको पहिलो दिन मकवानपुरको जनजीवन सामान्य रुपमा बितेको प्रहरीले जनाएको छ । लकडाउन अटेर गरेर बजार घुम्न निस्केका ३८ मोटरसाइकललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.