सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ‘लकडाउन’ अवज्ञा गर्ने सोह्र जना पक्राउ, सात जनालाई सिडिओ कार्यालय पठाइयो


  •    न्युजभित्तो/११ चैत्र २०७६, मंगलवार २१:३३ 
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ‘लकडाउन’ अवज्ञा गर्ने १७ जनालाई आज नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको हो ।

    उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको थियो भने सात जनालाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको थियो । गुरुङका अनुसार जिल्लाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । आइन्दा सवारी नचलाउने प्रतिबद्धता जनाएकालाई छाडिएको र जबर्जस्ती गर्न खोज्नेलाई प्रशासन पठाइएको गुरुङले बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले सात जनालाई जनही एक हजार रुपैयाँ जरीवाना गराएर छोडिएको बताउनुभयो । आज पहिलो दिन भएकोले जरीवाना गराएर छाडिएको भट्टराईले बताउनुभयो ।

    यसैबीच, छिटपुटबाहेक ‘लकडाउन’ लाई जिल्लावासीले सकारात्मक रुपमा लिएर सहयोग गरेका छन् । मङ्गलबार बिहानपख सर्वसाधारण सडकमा देखिएपछि सरोकारवालाले भिडियो सन्देश र सन्देशमार्फत घरबाहिर ननिस्कन आह्वान गरेका थिए ।

    कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले सन्देश प्रवाह गर्दै सरकारले आह्वान गरेको लकडाउनमा सहयोग गरिदिन आह्वान गर्नुभएको थियो । उहाँहरुको सन्देशमा सरकारको निर्देशनलाई सबैले पालन गरेमा रोग भित्रिनबाट रोक्न सकिने जनाइएको छ ।

    तस्विर सौजन्य : कोमलचन्द्र भगत

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.