सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती प्रदेश सरकारद्वारा दश करोडको कोरोना उपचार कोष स्थापना


  •    न्युजभित्तो/११ चैत्र २०७६, मंगलवार १७:५९ 
  • हेटौंडा । वाग्मती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोड रुपैयाँको आपतकालीन कोष स्थापना गरेको हो ।

    संसारभरीनै महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोष स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । उक्त कोषमा रकम जम्मा गर्न सरकारले सबैलाई आहन गरेको छ । यसैगरी आज नै भएको बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नु भएको छ ।

    सातवटै प्रदेशका प्रमुखले एक महिनाको तलव दिने
    देशका सातवटै प्रदेशका प्रमुखहरुले कोरोना भाइरसका विरामीको लागि उपचार गर्न सहयोग गर्ने हुनुभएको छ । कोरोना भाइरस लागेका विरामीको उपचारका लागि सातवटै प्रदेशका प्रमुखले एक महिनाको तलव उपलब्ध गराउन लागिएको वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वताउनुभयो ।

    कोरोना भाइरसको उपचार कोषमा जम्मा हुनेगरी यो रकम सहयोग गर्न लागिएको प्रदेश प्रमुख प्रसाईंले जानकारी दिनुभयो । वाग्मती प्रदेश प्रमुख प्रसाईंले भन्नुभयो– ‘नागरिकहरुको उपचार गर्ने आफुहरुको पनि दायित्व भएकाले एक महिनाको पारिश्रमिक रकम सहयोग गर्न लागेका हौं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.