सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न भरतपुर अस्पतालमा दश उपसमिति गठन


  •    न्युजभित्तो/११ चैत्र २०७६, मंगलवार १६:४७ 
  • चितवन । भरतपुर अस्पतालमा रहेको आउट ब्रेक म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले बिभिन्न १० वटा उपसमिति गठन गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धि पूर्वाधार तयार गर्न ती उपसमिति गठन गरेको हो ।

    डा. प्रकाश खतिवडाको संयोजकत्वमा पूर्वाधार तयारी उपसमिति, डा. कल्याण सापकोटाको संयोजकत्वमा कर्मचारी व्यवस्थापन समिति, शान्ता भण्डारीको संयोजकत्वमा सूचना सङ्कलन उपसमिति, जमिर अलि सेखको संयोजकत्वमा सुरक्षा तथा शब व्यवस्थापन, रामहरी ढकालको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठन गरिएको छ ।

    त्यस्तै, कृष्णप्रसाद गौतमको संयोजकत्वमा खाद्य व्यवस्थापन, लिलाधर पौडेलको संयोजकत्वमा सूचना तथा सञ्चार, नारायण प्रसाद सापकोटाको संयोजकत्वमा यातायात व्यवस्थापन र ई. चन्द्रमणी बसेलको संयोजकत्वमा आईटी व्यवस्थापन उपसमिति गठन गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.