सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि नेपाल ‘लकडाउन’, अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने


  •    न्युजभित्तो/११ चैत्र २०७६, मंगलवार ०८:२३ 
  • काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले आजदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

    सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको जानकारी दिनुभएको छ । सुरक्षाा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द हुने उहाँले बताउनुभयो ।

    सरकारले खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावतमा समेत रोक लगाएको छ ।

    अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत बन्द गरिने सरकारका प्रवक्ता डा. खतिवडाले बताउनुभयो । अत्यावश्यक कर्मचारी उपस्थित हुनेगरी अन्य कर्मचारीलाई सम्बन्धित कार्यलय प्रमुखले बिदा दिने निर्णय भएको छ ।

    उद्योगका कर्मचारीलाई समेत बिदा दिने निर्णय भएको अर्थमन्त्री डा. खतिवडाले बताउनुभयो । त्यसैगरी बजारमा अभाव देखाइ कालोबजारी गर्नेलाई कानून बमोजिम कारबाही गरिने समेत निर्णय भएको छ ।

    सरकारका प्रवक्ता खतिडाले क्वारेन्टाइनमा राखिनेलाई सबै सुरक्षा व्यवस्था मिलाइने पनि बताउनुभयो । सरकारले क्वारेन्टाइन व्यवस्थापन मापदण्डसमेत स्वीकृत गरिसकेको छ ।

    के हो ‘लकडाउन’ ?

    कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रचलनमा आएको शब्द हो ‘लकडाउन’ । संक्रमण फैलन नदिन विभिन्न मुलुकहरुले लगाएका प्रतिबन्धलाई ‘लकडाउन’ भनिएको हो ।

    ‘लकडाउन’ आपत्कालीन व्यवस्था हो, जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ भने कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्। तर अत्यावश्यक, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारीसाधन सञ्चालनमा भने रोक लगाइने छैन । बिजुली, पानी, इन्टर्नेट ब्याङ्किङ तथा एटीएमजस्ता सुविधा पनि जारी रहनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका
    दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
    नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
    • मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
    • बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
    • वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.