सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९को नमूना परीक्षणको दायरा बढाइयो


  •    न्युजभित्तो/१० चैत्र २०७६, सोमबार २०:४४ 
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९–को नमूना परीक्षणको दायरा बढाएको छ । आज आयोजित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ को नमूना परीक्षणको सर्भिलेन्सको दायरा बढाइएको बताउनुभयो ।

    उहाँले विदेशबाट फर्किएका व्यक्ति र उनीहरुसँग नजिकैको सम्पर्कमा रहेका व्यक्तिलाई सम्भावित सङ्क्रमणको लक्षण देखिएको अवस्थाको अतिरिक्त ६० वर्ष भन्दामाथिका वृद्धवृद्धा, गम्भिर प्रकारको स्वासप्रश्वासका बिरामी, दीर्घरोगी र स्वास्थ्यकर्मीमा समेत सम्भावित सङ्क्रमणको लक्षण देखिएमा नमूना परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

    अहिलेसम्म शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा ६०० जनाको कोभिड–१९ को नमूना परीक्षण गरिसकिएको छ । जसमध्ये एकजना बाहेक अरु कसैमा पोजेटिभ नआएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । फ्रान्सबाट गत मङ्गलबार नेपाल आउनुभएकी १९ वर्षीया एक युवतीलाई आइतबार परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएको थियो । अहिले उहाँको शुक्रराज अस्पताल टेकुमा उपचार भइरहेको छ ।

    मन्त्रालयले खरिपाटीस्थित क्वारेन्टाइनलाई पुनःप्रयोगमा ल्याइएको र हाल त्यहाँ ७१ जना नेपाली र विदेशी नागरिकलाई राखिएको छ । प्रवक्ता डा देवकोटाका अनुसार सङ्क्रमित र सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकामा एक हजार श्यया, १२० अति सघन कक्ष र विभिन्न प्रदेशमा १२५ अतिसघन कक्ष थप्ने कार्य शुरु गरिएको जानकारी दिनुभयो ।

    मन्त्रालयले अस्पतालमा प्रदान गरिरहेको विस्तारित स्वास्थ्यसेवा हाललाई दुई हप्ताका लागि स्थगन गर्ने र नियमित फ्लोअपमा आउने बिरामी (जसलाई तत्काल उपचार नगर्दा थप जोखिम हुँदैन) लाई आउँदो दुई हप्तासम्म फलोअपमा नबोलाउने, नियमित जाँच तथा शल्यक्रिया (जुन तत्काल नगर्दा बिरामीलाई थप जोखिम हुँदैन) आउँदो दुई हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.