सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिरा लुटेको अभियोगमा प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी पक्राउ


  •    न्युजभित्तो/१० चैत्र २०७६, सोमबार १९:४९ 
  • हेटौँडा । मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र अर्का एक जनालाई पक्राउ गरेको छ ।

    मकवानपुरको कैलाश गाउँपालिका–५ का ७० वर्षीया वृद्धा धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा खरिद गर्ने बहानामा हेर्न मागेको र मोलमोलाइ गरेको जस्तै गरी पेस्तोल देखाएर लुटपाट गरी भागेको उनीहरुलाई आरोप लागेको छ । आफूलाई पत्रकार बताउने ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने वर्ष १९ का सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर–१२ बस्ने वर्ष २६ का प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने वर्ष २७ का प्रहरी जवान वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने वर्ष २८ का प्रहरी जवान हिमकान्त पुन मगरलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

    लुटपाटको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

    प्रहरीले उनीहरूको साथबाट ६१.३० क्यारेटको बहुमूल्य पत्थर हिरा १२.२६० ग्राम एक थान, गोलीलोड भएको म्याग्जिनसहितको चाइनिज पेस्तोल एक थान, विभिन्न कम्पनीका वाकीटकी सेट चार थान, क्यामरा एक थान, मेटल डिटेक्टर दुई थान, मोबाइल छ थान, ल्यापटप एक थान, वन्यजन्तुको सिङजस्तो देखिने वस्तु एक थान र लुटपाट गरी भाग्न प्रयोग गरिएको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नंको कार बरामद गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.