सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको शङ्का लाग्यो ? नआत्तिनुस्, पहिले चिकित्सकसँग यी नम्बरमा कुरा गर्नुस्


  •    न्युजभित्तो/१० चैत्र २०७६, सोमबार १२:५४ 
  • नारायण अधिकारी
    चितवन । तपाईंले स्वास्थ्यमा कुनै समस्या आएको महशुस गर्दै हुनुहुन्छ ? यदि छ भने पनि अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सक्नुहुन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न शुरुआत समेत गर्नुभएको छ ।

    नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सक मध्ये जुन टेलिफोनमा सम्पर्क हुन्छ त्यसैमा सर्वसाधारणले परामर्श लिन सक्ने छन् । अस्पतालमा बिरामीको भीड नहोस् र सामान्य समस्या भएमा फोनबाटै परामर्श गरी समस्याको समाधान होस् भन्ने उद्देश्यले सो सुविधा उपलब्ध गराइएको सङ्घले जनाएको छ । टेलिफोनमा बिरामीले घरमा नै आराम गरेर सामान्य औषधि प्रयोग गर्नुपर्ने भएमा औषधिको नामसमेत चिकित्सकले टिपाइ दिने छन् ।

    अध्यक्ष डा खतिवडाले भन्नुभयो, “तत्काल उपचारका लागि अस्पताल जानुपर्ने भए सोहीअनुसार परामर्श दिइएको छ भने नपर्ने भए पनि त्यसैअनुसार बिरामी र आफन्तलाई बुझाउने काम भइरहेको छ ।” सार्वजनिक गरिएको मोबाइल नम्बर मध्येका एक डा कृष्णसागर शर्माका अनुसार २४ घण्टामा ६५ जनासम्मलाई उहाँले फोनबाट परामर्श दिनुभएको छ । रातको समयमा समेत विभिन्न जिल्लाबाट पनि फोन आउने गरेको उहाँले जानकारी दिनुभयो ।

    यहाँ सञ्चालनमा ल्याइएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले चिकित्सकको नम्बर र त्यहीबाट परामर्श पाउन थालेपछि अस्पताल आउने बिरामीको सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो । तत्काल उपचार एवं शल्यक्रिया गर्न नपर्ने बिरामीलाई पछि मात्र आउन चिकित्सकले टेलिफोनमा सुझाव दिने गरेको उहाँले जानकारी दिनुभयो ।

    टेलिफोन गर्ने बिरामीलाई अस्पताल जानैपर्ने भएमा कहाँ जाने भन्ने विषयमा पनि परामर्श दिइने गरेको छ । जिल्लाको सदरमुकामदेखि ग्रामीण क्षेत्रका बिरामी र आफन्तले चिकित्सकलाई फोन गरेर स्थानीय मेडिकलबाट औषधि लिएर खुवाउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार ती चिकित्सकका लागि नेपाल टेलिकमबाट छुट्टै नम्बर व्यवस्था गरिएको छ ।

    ती चिकित्सकका नम्बरमा डा प्रकाश खतिवडा ९८५५०१९१६१, डा कृष्णसागर शर्मा ९८५५०१९१६२, डा कल्याण सापकोटाको ९८५५०१९१६३, डा अनिलविक्रम कार्कीको ९८५५०१९१६४, डा गुरु शाह ९८५५०१९१६५, डा कालीदाश अधिकारी ९८५५०१९१६६, डा प्रतीक न्यौपाने ९८५५०१९१६७, डा विधान श्रेष्ठ ९८५५०१९१६८, डा प्रमोद पौडेल ९८५५०१९१६९ र डा भोजराज अधिकारी ९८५५०१९१७० रहेका छन् ।

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै सकेसम्म घर बाहिर ननिस्कन आम सर्वसाधारणलाई आह्वान गर्नुभएको छ । घरबाटै चिकित्सकसँग परामर्श गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । जिल्लाका अस्पतालमा चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । सामाजिक सञ्जालमार्फत चिकित्सकको फोन सार्वजनिक गरिएकाले देशैभरबाट बिरामी र आफन्तले अहिले यहाँका चिकित्सकको मोबाइल नम्बरमा परामर्श गरिरहेको महानगरपालिकाका प्रमुख दाहालको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.