सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार


  •    /२२ बैशाख २०७६, आईतवार २१:५४ 
  • लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ ।

    अदालतका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय ब्रहमदेव यादव र दीपेन्द्र मण्डललाई पूर्पक्षका लागि कारागार पठाएको हो । प्रहरी जवानद्वय यादव र मण्डल इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत रहेका थिए ।

    प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही रु एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतले जनाएको छ ।

    त्यस्तै राजविराज नगरपालिका–१६ निवासी शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव र तराकान्त इसरलाई जनही रु एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको जनाइएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)का प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीको नेतृत्वको टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षा अगावै सार्वजनिक भएको भन्दै उहाँहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत किर्ते र परीक्षा मर्यादा विपरीत कार्य सम्बन्धित मुद्दा चलाएको हो ।

    इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाई विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । भाई ब्रहमदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक रहेका मनोजलाई प्रश्नपत्रको फोटो पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.