सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनवर्गीय सङ्गठनको एकता केही दिनभित्र : अध्यक्ष प्रचण्ड


  •    /२२ बैशाख २०७६, आईतवार २१:४८ 
  • काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजन र जनवर्गीय सङ्गठन एकताबारे केही दिनभित्र टुङ्गो लाग्ने बताउनुभएको छ ।

    माक्र्सवादी अध्ययन केन्द्र र कालमाक्र्स द्विशतवार्षिकी मूल समारोह समितिले कालमाक्र्स २०१ जन्मस्मृतिका सन्दर्भमा आज आयोजित ‘समृद्धि र समाजवाद : हामी कहाँ छौ ?’ भन्ने कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले सबै जनवर्गीय सङ्गठनको एकता केही महीनाभित्र सम्पन्न गरी महाधिवेशन गरिने बताउनुभयो ।

    सरकारको नेतृत्वका लागि मात्र दुई कम्युनिष्ट पार्टीको एकता नभएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “जनतालाई समृद्ध बनाएर कम्युनिष्ट आन्दोलनको नयाँ सन्देश विश्वलाई दिनुपर्छ ।” माक्र्सको राजनीतिक दर्शन, अर्थशास्त्रलगायतका चिन्तन सबै वैज्ञानिक रहेको बताउँदै उहाँले भन्नुभयो, “तत्कालीन विश्व परिवेशमा स्थापित सामन्तवाद अन्त्य गरी सामाजिक न्याय र समानताका लागि माक्र्सले कम्युनिष्ट सिद्धान्तको विकास गर्नुभएको हो ।” विगतमा कम्युनिष्ट आदर्श अवलम्बन गर्ने क्रममा त्याग र सहयोग भेट्दा हार्दिकता साटासाट भई सुखानुभूति हुने गरेको स्मरण गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट विचार अबलम्बन गर्नेले आचरण सुधार्न जरुरी गर्नुपर्ने समय आएको बताउनुभयो ।

    पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्गठन स्थापना भएको करीब सातदशक भएको भए पनि एकताले गर्दा अहिले बहुमत प्राप्त भएको स्मरण गर्दै राष्ट्रियता कमजोर भएको अहिलेको अवस्थामा यसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट आन्दोलनको कार्यभार लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “महाकाली नदीदेखि लिम्पियाधुरासम्मको भाग नेपालको सिमाना हो, सरकारले त्यसलाई कायम गर्न अतिक्रमित जमिनबाट विदेशी सेनालाई हटाउनुपर्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.