सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा कोरोना विशेष अस्पतालको उद्घाटन


  •    न्युजभित्तो/७ चैत्र २०७६, शुक्रबार १३:०६ 
  • चितवन । कोरोना भाइरसको सङ्क्रमण भइहालेमा त्यसको उपचारका लागि भरतपुरमा ७० शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल स्थापना गरिएको छ । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा निर्माण भएको कोरोना विशेष (अस्थायी) अस्पतालको आज उद्घाटन गरिएको छ ।

    वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उपचारका सेफ्टी सामाग्री भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई हस्तान्तरण गरि अस्पतालको उद्घाटन गर्नु भएको हो । त्यस अवसरमा कोरोना विशेष अस्पताल सञ्चालन कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीले अस्पतालको चिकित्सकीय प्रबन्धका बारेमा जानकारी गराउनुभएको थियो ।

    भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो । महानगरपालिका मेयर रेनु दाहालले अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको बताउनुभयो ।

    अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था गरिएको मेयर दाहालले बताउनुभयो छ । कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ ।

    महानगरपालिका प्रमुख दाहाललको संयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गरिएको हो । कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीले अस्पताल सञ्चालन गर्न जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक श्यया ल्याइएको जानकारी दिनुभयो । प्रयोगशाला, रेडियोलोजीलगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन् । अस्पताल सञ्चालनका लागि उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घले आ–आफ्नो ठाउँबाट सहयोग गरेको उहाँले बताउनुभयो । अस्पतालमा सरकारी अस्पताल, निजी मेडिकल कलेज र भरतपुर महानगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

    अन्य सबै खर्च अहिले भरतपुर महानगरपालिकाले गरिरहेको जनाइएको छ । अस्पतालमा छिट्टै १० श्ययाको सघन उपचारकक्ष र १० श्ययाको हाइ डिपेन्डेन्ट युनिट (एचडीयू) समेत सञ्चालन गरिएको छ । अस्पताल सञ्चालनका लागि सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

    तस्विर सौजन्य : कोमल भगत

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.