सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती प्रदेश : कोरोना भाइरसको जोखिमको कारण अधिवेशन अन्त्य


  •    न्युजभित्तो/६ चैत्र २०७६, बिहीबार २१:२४ 
  • हेटौँडा । वाग्मती प्रदेशकोे प्रदेशसभाको ५औँ अधिवेशन आजबाट अन्त्य भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा ‘कोभिड–१९’ (कोरोना भाइरस) सङ्क्रमणको जोखिमको कारण देखाउँदै अधिवेशनको अन्त्य भएको हो ।

    वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईंले पठाउनुभएको पत्र पढेर हिँउँदे अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो । यस अधिवेशन अवधिभर प्रदेशसभाले २५ वटा बैठक बसेर ७ वटा विधेयक एक अध्यादेश पारित गरेको सभामुख श्रेष्ठले बताउनुभयो । २०७६ पुस–१ गतेदेखि शुरु भएको थियो ।

    अन्तिम दिन दुई विधेयक पारित

    हिउँदे अधिवेशनको अन्तिम बैठकबाट आज दुईवटा विधेयक पारित भएका छन् । आज बसेको प्रदेशसभाको बैठकले प्रदेश युवापरिषद् गठन गर्ने व्यवस्था गर्न बनेको विधेयक, २०७६ र स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ सर्वसम्मतिले पारित भएको हो ।

    स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ लाई आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले टेबल गर्नुभएको थियो । यस विधेयकको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद रमेश पौडेलले नेकपाले संविधानमा नै संशोधन गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

    त्यसैगरी सांसद नरोत्तम बैद्यले अब पनि अदालतले खारेज गर्नेगरी विधेयक बनाउन नहुनेमा जोड दिनुभयो । जवाफमा मन्त्री जम्मकट्टेलले सर्वोच्चको आदेशलाई सम्मान गर्दै विधेयक ल्याएको जानकारी दिनुभयो । त्यसैगरी प्रदेश युवा परिषद् गठन गर्ने व्यवस्थागर्न बनेको विधेयक, २०७६ सामाजिक विकासमन्त्री युवराज दुलालले टेबल गर्नुभएको थियो । यस विधेयकको छलफलमा सांसद सरेस नेपाल, रीना गुरुङ, रमेश पौडेल, माधव पौडेल, वीराजभक्त श्रेष्ठ र नरोत्तम बैद्यले भाग लिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.