प्रदेश २ : सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष’ स्थापना
न्युजभित्तो/६ चैत्र २०७६, बिहीबार १३:२७
जनकपुरधाम । कोभिड – १९ (कोरोना भाइरस) को जाँच गर्न प्रदेश नं २ का नेपाल भारत सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष स्थापना’ गरिएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार वीरगञ्जको रक्सौल, रौतहटको बैरगनिया, सर्लाहीको सोनवर्षा, महोत्तरीको भिठ्ठामोर र मटिहानी, धनुषाको जटही, सिरहाको माडर र ठाडी तथा सप्तरीको कुनौली र छिन्नमस्तालगायतका नाकामा ती कक्ष सञ्चालनमा ल्याइएको हो
यस्तै प्रदेशभित्रका अस्पतालमध्ये नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, नेशनल मेडिकल कलेज वीरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर र प्रादेशिक अस्पताल जनकपुरमा ‘आइसोलेसन वार्ड’को व्यवस्था गरिएको जनाइएको छ ।
निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा विजय झाले प्रदेशभित्रका नाकाबाहेक बढी जमघट हुने स्थल जानकी मन्दिर, बसपार्क र विमानस्थलमासमेत स्वास्थ्य कक्ष राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
कोरोना भाइरस रोकथामका लागि प्रदेशभित्र उच्चस्तरीय अनुगमन तथा तत्काल सहायताका लागि विज्ञ चिकित्सकसहितको समिति पनि गठन गरिएको बताइएको छ । भाइरस सङ्क्रमणको आशङ्का लागेका व्यक्तिका लागि क्वारेन्टाइन स्थापनाका लागि स्थानको खोजी भइरहेको पनि जनाइएको छ ।