सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राकृतिक कारणले गैंडा मर्नेक्रम बढ्दो, नौ महिनामा २२ गैँडा मरे

"चैत १० देखि गैंडा गणनाको तयारी, चितवन निकुञ्जबाट शुरु गरिदै "

  •    न्युजभित्तो/६ चैत्र २०७६, बिहीबार १२:५३ 
  • नारायण अधिकारी
    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । गएको साउनदेखि हालसम्म प्राकृतिक कारणले २२ वटा गैँडा मरेका छन् ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ । यस अघि राष्ट्रिय वन क्षेत्रमा दुईवटा र अन्य गैँडा निकुञ्ज क्षेत्रमा मरेका थिए ।

    विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैँडा मर्ने गरेका छन् । गैँडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ । विगत केही वर्षयता चोरी शिकारीबाट गैँडा मारिएका छैनन् । तर प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ताको रुपमा हेरिएको छ ।

    गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४÷०७५ मा २६ र २०७३÷०७४ मा २५ गैँडा सोही कारणले मरेका थिए । सामान्यतया पाँच प्रतिशत गैँडाको मृत्युलाई सामान्य मानिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेका थिए ।

    गैँडा गणनाको तयारी
    दुर्लभ एक सिङ्गे गैँडाको गणना गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको निकुञ्जले जनाएको छ । यही चैत १० गतेबाट चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु हुँदै छ ।

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरण र दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । नेपालमा चारवटा निकुञ्जमा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा गणनाका लागि ३५ हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ । प्रत्यक्षरुपमा गणना गरिँदै छ । २० दिनमा गणना गरिसक्ने योजना रहेको छ । गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृति उप्रेतीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रबाट गणना गरिँदै छ ।

    विगतका वर्षहरुमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा गणनाका लागि रु एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको छ । बाढीले गैँडा बगाएपछि गत वर्षनै गैँडाको सङ्ख्या पत्तालगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन । दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारलेनै बजेट विनियोजन गरेको हो ।

    हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ । यस अघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । त्यतिबेला ६४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । ती मध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.