सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु : गणना फराकिलो बनाइने


  •    /२२ बैशाख २०७६, आईतवार १५:४४ 
  • तिलकराम रिमाल
    भरतपुर :

    प्रत्येक १०/१० वर्षमा हुने जनगणना आगामी २०७८ सालमा हुनेछ । त्यसको तयारी शुरु गरिएको हो । आगामी जनगणनालाई व्यापक रुपमा फराकिलो बनाईने भएको छ । विगतमा संकलन गरिने तथ्यांकभन्दा यस पटक संकलन गरिने तथ्यांकको दायरा फराकिलो बनाउन लागिएको हो ।

    आईतबार भरतपुरमा आयोजित राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा प्रदेशस्तरीय अन्तक्र्रिया गोष्ठीमा तथ्यांक संकलन गर्दा समेटिने विषयका बारेमा जानकारी दिईयो । सो अवसरमा केन्द्रीय तथ्यांक विभागका जनसंख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, बृद्ध, बालबालिका र युवा, घरको अवस्था र प्रयोग गरेको जग्गा, शिक्षा, श्रम गर्न सक्ने जनशक्ति विषयमा पनि तथ्यांक संकलन गरिने जानकारी दिनुभयो । त्यसैगरी प्रजनन् दर, अपांगता, बसाईसराई, भविष्यमा हुने जनसंख्याको आँकलन लगायतका विषयमा पनि तथ्यांक संकलन गरिने छ ।

    त्यसैगरी जातजाति, धर्म, मातृ भाषा, दोस्रो भाषा र नेपालमा बसोबास गर्ने विदेशी नागरिकको पनि तथ्यांक संकलन हुने लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार वैवाहिक स्थिति र पहिलो विवाह हुँदाको उमेर, अपाङ्गता भएका व्यक्तिहरुको विवरण, शिक्षा तथा साक्षरता, जन्मस्थल तथा बसाईसराई, महिलाको प्रजनन् स्थिति, आर्थिक क्रियाकलाप बारेमा पनि तथ्यांक लिईने छ ।

    तथ्यांक संकलनपछि गरिबीका दरहरु, मानव विकास सूचकांकका सूचकहरु, बहुआयायिमक गरिबी सूचकांक, रोजगारी तथा बेरोजगारी दरहरु, कुपोषण, गर्भनिरोधको साधन प्रयोग दर, प्रतिव्यक्ति आय, विभिन्न आर्थिक, सामाजिक तथा वातावरण सम्बधी सूचकहरु जानकारी लिन सकिने लामिछानेले बताउनुभयो । तथ्यांक संकलनमा दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोग गरिने छ ।

    देश संघीयतामा गईसकेकोले माथिदेखि तल्लो निकायसम्मलाई आवश्यक पर्ने सम्पूर्ण तथ्यांक तहगत रुपमा समेटिने गरी तथ्यांक संकलन गर्ने प्रयास भईरहेको उहाँले बताउनुभयो ।

    गोष्ठीमा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सही तथ्यांकको अभावमा महानगरभित्र योजना निर्माण गर्न असहझ भएको भन्दै तथ्यांक संकलन कार्यमा महानगरको पूर्ण सहयोग रहने बताउनुभयो ।

    कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले तथ्यांक विना नगरका योजना बनाउन कठिन भएपछि आफूहरुले पनि विभिन्न विषयको तथ्यांक संकलन कार्य शुरु गरेको बताउनुभयो । नगरले गरेका मानव सूचकांकका प्रगति तथ्यांकमा देखाउन नसकिएको बताउँदै उहाँले तथ्यांककै अभावमा सही योजना ल्याउन कठिन हुने गरेको बताउनुभयो ।

    कार्यक्रमका सहभागीहरुले तथ्यांक संकलन सही हुनु पर्नेमा जोड दिएका थिए । विगतमा चौतारीमा बसेर तथ्यांक संकलन गर्ने गरेको स्मरण गराउँदै सहभागीले मिथ्याङ्क संकलन नहोस् भन्नेतर्फ चनाखो बन्न सुझाव दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.