सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तहसँग समन्वय गर्न सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकियो


  •    न्युजभित्तो/५ चैत्र २०७६, बुधबार १३:०८ 
  • काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ ।

    मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या समाधान गर्न समन्वयकारी भूमिकाका लागि सातवटै प्रदेशमा उपसचिवलाई सम्पर्क व्यक्ति तोकिएको बताउनुभयो ।

    उहाँका अनुसार प्रदेश नं १ मा उपसचिव प्रह्लादकुमार कार्की, प्रदेश नं २ मा उपसचिव ऋषिराज आचार्य, वाग्मती प्रदेशमा उपसचिव महेन्द्रकुमार सापकोटा, गण्डकी प्रदेशमा उपसचिव बाबुराम भुसाल, प्रदेश नं ५ मा उपसचिव डिलाराम पन्थी, कर्णाली प्रदेशमा उपसचिव रामप्रसाद वाग्ले र सुदूरपश्चिम प्रदेशमा उपसचिव रेशमलाल कँडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

    सम्पर्क व्यक्तिले स्थानीय तहबाट प्राप्त गुनासा तथा सवालको सहजीकरणको समग्र व्यवस्थापन गर्ने, स्थानीय तहबाट अनुरोध भएका विषयमा सम्बन्धित सम्पर्क व्यक्तिबाट प्राप्त विवरणका आधारमा आवश्यक निर्णयका लागि सहजीकरण गर्ने, सम्पर्क व्यक्तिको समन्वय गर्ने र हरेक १५ दिनमा समीक्षा गरी मन्त्री र सचिवलाई प्रतिवेदन बुझाउने, प्रदेश समन्वय परिषद् वा अन्तर प्रदेश परिषद्बाट सहजीकरण वा निर्णय हुनुपर्ने विषय भए विवरण तयार गरी सम्बन्धित परिषद्मा पठाउने व्यवस्था मिलाउने र आवश्यकताअनुसार सम्बन्धित स्थानीयत तहको स्थलगत निरीक्षण गर्ने÷गराउने छन् ।

    यसैगरी कोभिड–१९ को सजगता, नियन्त्रण र रोकथामका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गर्ने, प्रत्येक दिन कोभिड–१९ को चेकजाँचको विवरण स्थानीय तहबाट सङ्कलन गर्ने, कोभिड–१९ सँग सम्बन्धित अन्य कुनै सूचना वा जानकारी भए सोको सङ्कलन गरी मन्त्रालयमा पठाउनेजस्ता कार्य गर्न तोकिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.