सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालोबजारी गर्ने एउटै समूहबाट १० लाख मास्क बरामद


  •    न्युजभित्तो/३ चैत्र २०७६, सोमबार २१:०२ 
  • काठमाडौँ । कोभिड­१९– को सङ्क्रमणको जोखिम रहेका बेला मास्क कालोबजारी हुन थालेपछि नेपाल प्रहरी त्यस विरुद्ध सक्रिय भएको छ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुबाट १० लाख आठ हजार थान मास्क र बा ७ च ७२६३ नम्बरको गाडी बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई ललितपुर ईमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा गढीमाई घर भई काठमाडौँ कपन बस्ने ३४ वर्षीय सञ्जय रेग्मी, चितवन रत्ननगर नगरपालिका घर भई काठमाडौँं स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मियाँ, आरडिजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक काठमाडौँ महानगरपालिका– २३ बस्ने २४ वर्षीय सुरज गोयल र सोही सप्लायर्सका सञ्चालक भारत राजस्थान घर भई काठमाडौँ बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् ।

    विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न नागरिकलाई अनुरोध भइरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधिजन्य सामानको कृत्रिम अभाव खडा गरी कालोबजारी भइरहेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौं कपनस्थित मिलनचोकबाट उनीहरुलाई आइतबार साँझ एक लाख ६८ हजार थान मास्क र सो बेच्न प्रयोग भएको उक्त सवारी साधन बरामद गरेको थियो ।

    अनुसन्धानका क्रममा उनीहरुले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीस्थित घर भाडामा लिई आरडिजी इन्टरनेशनल सप्लायर्सका नाममा गोदाम सञ्चालन गरेको जानकारी प्राप्त भएपछि सो गोदाम आइतबार नै सिल गरिएको थियो । आज जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिको उपस्थितिमा सिल खोलेर हेर्दा थप आठ लाख ४० हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।

    उनीहरुले रु तीन रुपैयाँ २५ पैसा पर्ने उक्त मास्कलाई रु ३१ रुपैयाँ मूल्यमा बिक्री वितरण गर्न लागेको खुल्न आएको छ । उनीहरुलाई कालो बजारी तथा सामाजिक हित विरुद्धको अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । यसअघि शुक्रबार र शनिबार पनि प्रहरीले झण्डै दुई लाख मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.