सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विज्ञहरुको विवरण सङ्कलन गर्दै नास्ट


  •    न्युजभित्तो/३ चैत्र २०७६, सोमबार २०:१९ 
  • चितवन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरुमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, कृषि विज्ञान, चिकित्सा शास्त्र, इन्जिनीयरिङ, गणित, सूचना प्रविधि आदि) विषयहरुबाट विद्यावारिधि प्राप्त वा सो सरह नेपाली वैज्ञानिक एवं विद्यावारिधि सकेर विदेशमा रहेका नेपाली वैज्ञानिक एवं प्राविधिकहरुको यथार्थ विवरण सङ्कलन गर्ने उद्देश्यले ‘हु इज हु इन साइन्स एन्ड टेक्नोलोजी डिरेक्टरी’ प्रकाशन गर्ने कार्यको थालनी यसै वर्षदेखि शुरु गरेको छ ।

    उक्त ‘डिरेक्टरी’ प्रकाशनार्थ आवश्यक तथ्याङ्क सङ्कलन गर्न नास्टले आफ्नो होमपेज http://www.nast.gov.np भित्र प्रवेश गरी ‘हु इज हु’ लिङ्क (Who is Who in Science & Technology) मार्फत फारम भर्न सकिने व्यवस्था गरेको छ ।

    यसै सन्दर्भमा नास्टको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन र कार्यक्रमको उद्देश्यमाथि थप प्रकाश पार्न नास्टको प्रतिनिधित्व गर्दै ‘डिरेक्टरी’ प्रकाशन समितिका सदस्य एवं नास्टका वैज्ञानिक अधिकृत डा. तीर्थराज घिमिरे र प्रकाशन समितिका सदस्य सचिव एवं नास्टका प्रवर्धन अधिकृत ज्योतिप्रसाद फुयालद्वयको संयोजनमा हालै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा एक कार्यक्रमको आयोजना गरियो ।

    कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले नास्टद्वारा शुरु गरिएको ‘डिरेक्टरी’ ले राजधानीबाहिर रहेका वैज्ञानिक एवं प्राविधिकहरुमा रहेको विज्ञता चिनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रकाशोन्मुख ‘डिरेक्टरी’ केवल एक वर्षका लागि मात्र प्रकाशित नगरी प्रत्येक वर्ष अद्यावधि गर्न सुझाव दिनुभयो ।

    सहप्राध्यापक डा.निराजन भट्टराईले प्रकाशोन्मुख ‘डिरेक्टरी’ मा वैज्ञानिक एवं प्राविधिकहरुले प्रकाशन गरेका कृतिहरुको विवरण पनि समावेश गर्दा अझ राम्रो हुने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.