सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धनुषामा मदिरा सेवनले मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो


  •    न्युजभित्तो/१ चैत्र २०७६, शनिबार १४:४७ 
  • जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सङ्ख्या ११ पुगेको जनाइएको छ ।

    होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मदिरा सेवनबाट नै भएको आशङ्का गरिएको छ । मृत्यु हुनेमा २९ बर्षीय ब्रह्मदेव यादव, ४० बर्षीय विला मण्डल, ६५ बर्षीय गदर मण्डल, ३५ बर्षीय राजु महरा रामनारायण महरा, शत्रुघन मण्डल रहेका छन् ।

    इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घटना बारे अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । अन्य चारजना रम्दैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

    अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरिएको जनाइएको छ । अहिले पुरै गाउँ शोकमा डुवेको छ । आर्थिक रुपले विपन्न परिवारका व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.