सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरसको आशङ्का गरिएका व्यक्तिमा सङ्क्रमण नभएको पुष्टि


  •    न्युजभित्तो/३० फाल्गुन २०७६, शुक्रबार २०:३३ 
  • चितवन । भरतपुर अस्पतालमा उपचारका लागि आएका एक जनालाई कोरोना भाइरसको आशंका गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएको छ ।

    भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरी उनको रगत परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो । प्रयोगशलाबाट प्राप्त नतिजाको आधारमा आशंका गरिएका व्यक्तिमा कोरोनाको सङ्क्रमण नरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालबाट यसअघि पठाइएका दुई वटा नमूनाको नतिजा पनि नेगेटिभ आएको थियो ।

    अस्पतालले कोरोनाको सङ्केत देखिएका व्यक्तिलाई आइसोलेसन वार्डमा राखेर नमूना परीक्षणका लागि काठमाडौँ पठाउने गर्दछ । अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणका बिरामीलाई राख्नका लागि १९ श्याको आइसोलेसन वार्ड सञ्चालन गरिएको छ ।

    अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा श्रीराम तिवारीले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि अस्पतालमा उच्च सतर्कता अपनाइएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.