सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौँडा–भरतपुर प्रसारण लाइनको नयाँ ठेकेदार छनोट, ३६ करोड ८८ लाखमा ठेक्का


  •    न्युजभित्तो/३० फाल्गुन २०७६, शुक्रबार १५:५७ 
  • काठमाडौँ । तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेर अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि गत असोजमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रियामा सहभागी हुन आग्रह गरेको थियो ।

    सो आयोजना हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको हो । प्रसारण लाइन निर्माणको ठेक्का सबैभन्दा कम रकम कबोल गर्ने भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिनुभयो । आयोजनाले केही दिन पहिले ठेकेदार छनोट गरिएको जनाएको छ ।

    कम्पनीले ५४ लाख ३५ हजार अमेरिकी डलर र रु ३६ करोड ८८ लाख ११ हजार (करबाहेक)मा ठेक्का पाएको हो । प्रसारण लाइन निर्माणका लागि पाँच कम्पनीले प्रस्ताव पेश गरेका थिए । भारतीय कम्पनी आइकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले कम्पनीसँगको ठेक्का गत वैशाखमा तोडेर नयाँ प्रक्रियामा गएको थियो । प्राधिकरणले प्रसारण लाइनको बाँकी काम गर्न ठेकेदार छनोट गरेको हो । कम्पनीले ठेक्का सम्झौता कार्यान्वयनमा आएको १५ महिनाभित्रमा प्रसारण लाइनको निर्माण गरिसक्नुपर्ने कार्यादेश छ ।

    कूल ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनमा पर्ने २२६ टावरमध्ये १७३ को जग हालिएको छ । यस्तै, कूल ११९ खडा गरिएको छ भने १६ किलोमिटर क्षेत्रमा मात्रै तार तानिएको छ । प्रसारण लाइन निर्माणका लागि निजी जग्गा प्राप्ति, वन क्षेत्रको प्रयोगलगायतमा कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।

    प्रसारण लाइन निर्माणका लागि प्रााधिकरण र भारतीय कम्पनी आइकम टेलबीच २०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र रु १९ करोड ७३ लाख १५ हजारमा ठेक्का सम्झौता भएको थियो । काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो ।

    यसैगरी प्राधिकरणले काम ढिला गरेबापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको थियो । प्राधिकरणले यसअघि आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजी कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

    आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ बोलपत्र आह्वान गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । चितवनको भरतपुरदेखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ । नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ ।

    सो प्रसारण लाइन पूर्वको विद्युत पश्चिम लैजान र पश्चिमको विद्युत पूर्व लैजानका लागि महत्वपूर्ण मानिएको छ । यस्तै राजधानीमा आवश्यक पर्ने विद्युत उपलब्ध गराउन तथा बढी भएको विद्युत देशका अन्य स्थानमा लैजानसमेत सहयोगी हुने ठानिएको छ । सरकारले महत्वपूर्ण प्रसारण लाइन निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको भए पनि निर्माण व्यवसायीको लापर्वाहीका कारण समस्या पर्दै आएको छ । समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले गरेको सार्थक प्रयोगसमेत सफल हुन सकिरहेको छैन । केही आयोजनामा अझै पनि वन क्षेत्रको जग्गा प्रयोग तथा वनको रुख कटाउन र रुख बिरुवा हटाउने विषयले समेत प्राथमिकता पाउन सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.