राष्ट्रिय

आत्महत्या रोकथाम दिवस: रोकथाम गर्न सचेतना कम
-न्युजभित्तो

काठमाडौँ,२४ भदौ ।  नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिनुहुन्छ । आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा...

असारमा निर्माण भएका सडक वर्षाका कारण भत्किए
-न्युजभित्तो

जाजरकोट,२२ भदौ । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिममा बजेट रकमान्तर गरेर जाजरकोटमा खनिएका २८ सडक वर्षाका कारण भत्किएका छन् । वर्षामा झरीसँगै निर्माण गरिएका सडक वर्षाको भलले बगाउँदा भत्किएका हुन् । वातावरणीय प्रभाव मूल्याङ्कन विना करोडौँको बजेट खर्चिएर निर्माण...

जलविद्युत् आयोजनाका करोडौँका सामग्री बेवारिसे
-न्युजभित्तो

पर्वत,२० भदौ । पर्वतमा कुनै समय उज्यालोको भरपर्दो स्रोतका रूपमा रहेका आयोजना हाल बेवारिसे बनेका छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै करोडौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत आयोजनाका सामग्री हाल बेवारिसे अवस्थामा छन्...

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम, सबै पालिकामा लामखुट्टेको अध्ययन सुरु
-न्युजभित्तो

तडी,२० भदौ । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण...

६० किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ
-न्युजभित्तो

काठमाडौं,१९ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा थप एक आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतबाट सुमन खरेललाई नियन्त्रणमा लिएको हो । अनुसन्धानका लागि खरेललाई थुनामा राख्न अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरी...

डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१९ भदौ । डेंगी संक्रमणबाट पछिल्लो तीन महिना (जुन, जुलाई र अगस्ट) मा १४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार...

भारतले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने
-न्युजभित्तो

काठमाडौँ,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । ...

सयपत्री फूलको व्यवसायिक खेती
-न्युजभित्तो

तनहुँ,१७ भदौ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी...

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि
-न्युजभित्तो

काठमाण्डौ,१५ भदौ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो...

नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न २ बजेपछि विद्यालय बन्द
-न्युजभित्तो

काठमाडौं,१३ भदौ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ। एसिया कप क्रिकेट हेर्नका लागि उपमहानगरपालिकाले २ बजेपछि विद्यालय बिदा दिएको हो । उपमहानगरपालिकाले एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्नका लागि सबै सामुदायिक तथा संस्थागत...