सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने


  •    न्युजभित्तो/७ श्रावण २०८३, बिहीबार १४:३१ 
  • काठमाडौँ, ७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो ।

    संयोजक दाहालले उत्पीडित वर्ग तथा समुदायले प्राप्त गरेका हकअधिकार र उपलब्धि रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

    “कम्युनिष्ट आन्दोलनलाई गोलबन्द गर्दै गणतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याउन तथा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर अघि बढिएको छ,” उहाँले भन्नुभयो ।

    त्यस अवसरमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.