सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जलवायु परिवर्तनविरुद्ध सङ्कल्प गर्न ‘ग्रिन रन’ आयोजना: सभापति थापा


  •    न्युजभित्तो/६ श्रावण २०८३, बुधबार १२:३० 
  • काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रिन रन’ प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई सङ्कल्प गर्न भएको बताउनुभएको छ ।

    कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसका अवसरमा आज ललितपुरमा पार्टीद्वारा आयोजित उक्त प्रतियोगिता पछि उहाँले जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन र सङ्कल्प गर्न पनि यहाँ उभिएको उल्लेख गर्नुभयो ।

    सभापति थापाले भन्नुभयो, “जङ्गल, जमिनलगायत प्राकृतिक स्रोतसाधनलाई संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले त्यतिबेला नै ल्याउनुभएको थियो ।”

    जननायक बिपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोतसाधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले  फेरि सङ्कल्प गरेको सभापति थापाको भनाइ थियो ।

    सभापति थापाले भन्नुभयो, “समावेशिताको अवधारणालाई पनि सात दशकअघि नै कांग्रेस संस्थापक नेता बिपी कोइरालाले व्यवहारमै लागू गराउनुभएकाले त्यसप्रति हामी पूर्ण प्रतिबद्ध छौँ ।” 

    त्यसअवसरमा सभापति थापाले प्रतियोगितामा विजयी धावकलाई नगद पुरस्कार प्रदान गर्नुभयो । 

    ललितपुरको युएन पार्कबाट सुरु भएको पाँच किमी दूरीको उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने मुकेशबहादुर पाललाई रु ५० हजार नगदसहित पुरस्कार प्रदान गरियोे । प्रतियोगितामा द्वितीय र तृतीय हुने नरेन्द्रसिंह रावल र सञ्जय श्रेष्ठलाई क्रमशः रु २५ हजार र रु २० हजार नगद पुरस्कार प्रदान गरियो । प्रतियोगितामा सभापति थापासमेत सहभागी हुनुहुन्थ्यो । 

    यसैबीच, कांग्रेसले आजै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरेको छ । कोषको घोषणा गर्दै सभापति थापाले घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई त्यस कोषबाट सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

    कोषमा पार्टीका सदस्यकोतर्फबाट सङ्कलन गरिएको रु १० लाख जम्मा भएकाले त्यसबारे बिहीबार राष्ट्रिय सभागृहमा आयोजना गरिने कार्यक्रममा थप जानकारी दिइने बताइएको छ ।

    त्यस्तै, उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहनुभएको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकतामा जोड दिइएको छ । 

    त्यसअवसरमा सहभागीलाई विभिन्न जातका बिरुवा वितरण गरिएको थियो । उक्त अवसरमा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । 

    कांग्रेसले बिपी स्मृति दिवसकै अवसरमा भोलि दिउँसो २ः०० बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.