सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता


  •    न्युजभित्तो/५ श्रावण २०८३, मंगलवार १५:३२ 
  • काठमाडौँ, ५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेट गर्नुभएको छ ।

    सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै शिक्षा क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवर्द्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो ।

    अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएको छ । विशेषगरी अमेरिकी सहयोग नियोग (युएसआइडी) मार्फत अर्लिग्रेड रिडिङ र लर्निङ कार्यक्रमका साथै कलेज अफ एजुकेसनमा अमेरिकी सरकारको सहयोग रहँदै आएको छ ।

    भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

    वर्तमान सरकारले शिक्षा क्षेत्रमा विभिन्न सुधार गरिरहेको स्मरण गराउँदै उहाँले विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनको काम भइरहेको तथा सैद्धान्तिकभन्दा पनि व्यावहारिक पाठ्यक्रम बनाउन मन्त्रालय अघि बढेको बताउनुभयो । साथै उहाँले पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममै समावेश गर्नेगरी पाठ्यक्रम प्रारूप परिमार्जनको काम भइरहेको जानकारीसमेत दिनुभयो ।

    मन्त्री पोखरेलले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको र सोही आधारमा आगामी दिनमा आवश्यकताअनुसार विद्यालयहरूमा बजेट विनियोजन गरिने बताउनुभयो । साथै, भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलगायतका क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

    राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि द्विपक्षीय समझदारीमार्फत आवश्यक सहयोग गर्न आफ्नो देश सकारात्मक रहेको बताउनुभयो । उहाँले नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले पहलकदमी लिएको विभिन्न सुधारका कार्यक्रमबारे अमेरिकी सरकार जानकार रहेको भन्दै त्यसमा सहयोग र सहकार्य गर्न अमेरिका सधैँ तत्पर रहेको बताउनुभएको थियो । सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा अमेरिका सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार
    ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजश्व
    गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
    • यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते
    • कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता
    • ढोरपाटन आवातजावतमा सास्ती
    • बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.