सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चिताका लागि कार्ययोजना ल्याउन समितिको निर्देशन


  •    न्युजभित्तो/३ श्रावण २०८३, आईतवार १६:०२ 
  • काठमाडौँ, ३ साउन । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार सुनिश्चिताका लागि कार्ययोजना ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

    समितिको आजको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकारसम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३’ माथि सम्बन्धित मन्त्रालयसँग छलफलपश्चात सो निर्देशन दिइएको हो  ।

    प्रतिवेदनमाथि समितिका सदस्य र सम्बन्धित अधिकारीबाट प्राप्त रचनात्मक तथा व्यावहारिक सुझावसमेतलाई आवश्यकतानुसार समावेश गरी प्रतिवेदनलाई थप कार्यान्वयनयोग्य, व्यावहारिक र नतिजामुखी बनाउने कार्ययोजना समितिको आगामी बैठकमा पेस गर्न सम्बन्धित मन्त्रालयलाई भनिएको छ ।

    समितिले हाल सञ्चालनमा रहेको रूपन्देही बाल सुधार गृहको भवन साँघुरो तथा अनुपयुक्त देखिएकाले जिल्ला समन्वय समिति, रुपन्देहीको नवनिर्मित भवन बाल सुधार गृहलाई हस्तान्तरण गर्न र जिल्ला समन्वय समितिको काम बाल सुधार गृहको भवनबाट चलाउन सम्बन्त्रित मन्त्रालयहरूलाई निर्देशन दिएको छ ।

    बाल सुधार गृहहरूको भौतिक पूर्वाधार तत्काल विस्तार तथा क्षमता अभिवृद्धि गर्न प्राविधिक वा व्यावहारिक रूपमा असहज भएता पनि विद्यमान चाप र समस्यालाई दृष्टिगत गरी तत्काल यसको वैकल्पिक प्रबन्ध गर्न आवश्यक देखिएको समितिले ठहर गरेको छ । बाल सुधार गृहहरूको क्षमता अनुकूल बालबालिकालाई मानवोचित रूपमा राख्ने प्रबन्ध मिलाउन अन्य सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरी सोको शीघ्र सुरुवातका लागि महिला, बालबालिका मन्त्रालयलाई निर्देशन दिइएको छ ।

     बाल सुधार गृहमा रहेका बालबालिकाको पोषणका लागि हाल कैदीबन्दी सरह उपलब्ध गराइँदै आएको दैनिक सिदा तथा रकम अपर्याप्त देखिएकाले बालबालिकाको उमेर र शारीरिक आवश्यकता अनुकूलको उपयुक्त पोषण तथा खाद्यान्न व्यवस्थापनका लागि तत्काल आवश्यक निर्णय गरी कार्यानवयन गर्न महिला, बालबालिका मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन निर्देशन दिइएको छ ।

    समितिका सभापति समीक्षा बाँस्कोटाको अध्यक्षता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीको उपस्थितिमा भएको बैठकमा मन्त्रालयका सचिव कृष्णबहादुर राउत र सहसचिव चक्रबहादुर बुढाले प्रस्तुतीकरण दिनुभयो ।

    बैठकमा सदस्यहरू निनुकुमारी कर्ण, कन्हैया बनिया, मोहनलाल आचार्य, सरस्वती लामा, रूविना आचार्य, मधुकुमार चौलागाईं, मनिष खनाल, मनमाया विश्वकर्मा, सुष्मा स्वर्णकार (डिम्पल), खीमा विक र सुलभ खरेलले बाल सुधारका विभिन्न पक्षबारे आफ्ना जिज्ञाशा र भनाइ राख्नुभएको थियो ।

    यसअघि समितिको गत असार २९ गतेको बैठकमा सो विषयमा समितिका सदस्यसँग छलफल गरी प्रतिवेदनमाथि सुझावहरू ग्रहण गरिएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.