नयाँ आर्थिक वर्षमा गोलञ्जोरको नयाँ भवनबाट सेवा प्रवाह सुरु
न्युजभित्तो/१ श्रावण २०८३, शुक्रबार १३:०८
काठमाडौँ, १ साउन । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३/८४ सँगै नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ ।
पालिकाको वडा नं ३ ग्वाल्टारमा पार्किङसहित ३८ कोठाको नवनिर्मित भवन रु छ करोड ११ लाख ११ हजारको लागतमा तयार भएको हो ।
स्थानीय खेमबहादुर कार्कीले त्यसभवन निर्माणका लागि करिब रु एक करोड मूल्य बराबरको एक रोपनी छ आना जग्गा उपलब्ध गराउनुभएको थियो ।
पालिकाका अध्यक्ष शङ्करराज बराल आफ्नै आधुनिक भवन निर्माण भएसँगै नागरिकलाई दिइने सेवाप्रवाह छिटोछरितो र सहज हुने बताउनुभयो ।
सङ्घीय सरकारको अनुदान सहयोगमा विसं २०८० पुसदेखि सुरु गरिएको सो भवन निर्माणका लागि निकै प्रयास र प्रयत्न गरिएको उहाँले जानकारी दिनुभयो ।
स्थापनाको नौ वर्षपछि पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । आफ्नो भवन नहुँदा यसअघि पालिका भाडाको साँघुरो घरबाट सञ्चालन हुँदै आएको थियो ।
यसअघि पालिका भाडाको साघुँरो भवनबाट सञ्चालन हुँदा सेवाग्राहीलाई असुविधा भएकामा अब त्यो समस्या अन्त्य भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नवनिर्मित भवनबाट पालिकाले नागरिकका लागि प्रदान गर्ने सबै सेवा सहज रुपमा उपलब्ध हुनेछ ।”
पालिकाले नयाँ प्रशासनिक भवनसम्म पुग्ने सडक कच्ची रहेकाले पक्की बनाउन नाम नक्सासहितको योजना अगाडि बढाएको छ ।
त्यसपालिकाअन्तर्गतका १, ४ र ७ नं वडा कार्यालय भवन पनि नयाँ निर्माण भइसकेका छन् । स्वास्थ्यकेन्द्रसहित विभिन्न कार्यालयका आधारभूत नयाँ भवनसमेत त्यस पालिकामा निर्माण भइसकेको छ ।
गोलन्जोर गाउँपालिकालाई सरकारले ‘जुनार सुपर जोन’ क्षेत्र घोषणा गरी त्यसलक्षित विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । पालिकाले आफ्ना सबै वडा र गाउँमा सडक, विद्युत्, खानेपानीलगायत क्षेत्रमा पहुँच विस्तार गरेकामा अब त्यसको स्तरोन्नति र सडक कालोपत्रका कार्यक्रम अघि बढाएको छ ।रासस