सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुकुमवासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/३१ असार २०८३, बुधबार १६:३२ 
  • काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

     प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुकुमवासी समस्याको दीगो व्यवस्थापन, महँगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गङ्गादेवी श्रेष्ठले कूटनीतिक प्रयासमार्फत नेपाल–भारत सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव दिनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाहीले आरोपप्रत्यारोप त्यागेर समृद्धिको जनअपेक्षा पूरा गर्नेतर्फ सबैको प्रयास केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । श्रम संस्कृति पार्टीका अम्बिकादेवी सङ्ग्रौलाले नागरिकको जीउधनको रक्षा गर्ने जिम्मेवारी सत्ता र प्रतिपक्ष दुवैको भएको उल्लेख गर्दै कानुनी शासन कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहीर अलि भाटले सदनको गतिरोध अन्त्य गरेर सभाका कामकारबाहीलाई व्यवस्थित बनाउने सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुखलाई सुझाव दिनुभयो ।

    त्यसअघि बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलहरुले आसनबाट उठेर विरोध जनाएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.