सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा


  •    न्युजभित्तो/२४ असार २०८३, बुधबार १६:५२ 
  • काठमाडौँ, २४ असार । प्रतिनिधिसभाका सांसदले किसानले झेल्दै आएका समस्या, प्राकृतिक प्रकोप व्यवस्थापनमा सुधार्नुपर्ने पक्ष तथा महिला हिंसालगायत समसामयिक विषयवस्तु उठाउनुभएको छ ।  

    प्रतिनिधिसभाको आजको आकम्मिक समयमा भाग लिँदै सांसद अभिषेकप्रताप शाहले बर्दियाका उखु किसानले लामो समयसम्म आफ्नो उत्पादन बिक्रीवापत पाउनुपर्ने रकमको भुक्तानी नपाएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद प्रकाश पाठकले कार्यस्थलमा श्रमिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने वातावरण बनाउन सरकार आग्रह गर्नुभयो । 

    सांसद कन्हैया बनियाँले तराई–मधेसका किसानले समयमै रासायनिक मल र सिँचाइ प्राप्त गर्न नसक्दा अनेकौँ समस्या झेल्नु परेको बताउनुभयो ।

    सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको विस्तारसँगै स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याउनु माग गर्नुभयो । 

    सांसद शाहजान खातुनले महिला तथा बालबालिका हिंसा कुनै पनि हालतमा स्वीकार्य नभएको जनाउँदै सभ्य र सुसंस्कृत  समाज निर्माणको वातावरण बनाउन सबै पक्षसँग आह्वान गर्नुभयो ।

    सांसद दीपकराज बोहराले महाकाली सिँचाइ आयोजनामा देखिएको समस्या समाधान गर्न सरकारले भारतसँग कूटनीतिक पहलको आवश्यकता औँल्याउनुभयो । 

    सांसद कमल सुवेदीले समयमै सडकको मर्मतसम्भार, ग्राभेल र कालोपत्र नहुँदा वर्षायाम सुरु भएसँगै दाङका विभिन्न स्थानमा जाने सडक अस्तव्यस्त हुँदा स्थानीयले सास्ती खेप्न परेकाले त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    सांसद ऐनबहादुर महरले बझाङको सुर्मा गाउँपालिका–२ मा चट्याङ पर्दा पशुचौपाय तथा घरगोठ नोक्सानी भएकाले पीडित किसानलाई क्षतिपूर्तिको माग गर्नुभयो ।

    सांसद हरिनादेवी कामीले वैदेशिक रोजगारका लागि भारत पुगेका डडेलधुराका भोजबोहरा बेपत्ता भएको जनाउँदै खोजीको माग गर्नुभयो ।

    सांसद यज्ञमणि न्यौपानेले बिजुलीको खम्बामा चढ्ने मजदुरको सुरक्षाबारेमा राज्यले विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

    सांसद पार्वती विकले प्राकृतिक प्रकोपबाट सिर्जित घटनामा नागरिकले भोग्नुपरेको नोक्सानीबापतको क्षतिपूर्ति उपलब्ध गराउन सरकारले ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । 

    सांसद नरेन्द्रकुमार केरुङले गतहप्ता आएको बाढीले सङ्खुवासभाको विद्यालय र जनजीवनमा पारेको प्रभावबारे सदनलाई जानकारी दिँदै त्यस क्षेत्रमा भू–गर्भविद्को टोली तत्काल खटाएर जोखिममा रहेका स्थानीयको सुरक्षा प्रदान गर्ने कार्ययोजना बनाउन सुझाव दिनुभयो ।

    सांसद अरबिन्द साह कलैयामा सारिया खातुनको आत्महत्याको घटना साइबर बुलिङकारण भएको जनाउँदै यसले निम्त्याउने खतराबारे सरकार समयमै सचेत रहनुपर्ने धारणा राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
    किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा
    आलेख– कालीगण्डकी करिडोरः सडकसँगै बदलिएको जनजीवन
    • तुइन खोलामा पहिरो रोकथाम सुरु
    • धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
    • विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
    • सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.