सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु


  •    न्युजभित्तो/२४ असार २०८३, बुधबार १४:२१ 
  • काठमाडौँ, २४ असार । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ ।

    नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले शुभारम्भ गर्नुभएको उक्त सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र स्थापित कानुनले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरशः पालना गर्दै सरकारले कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको हो ।

    सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवतजावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताउनुभयो । 

    सिंहदरबारका अधिकांश कार्यालय अपाङ्गमैत्री बनिसकेको र बाँकी चाँडै संरचना बन्ने जानकारी दिँदै उहाँले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नुपरेको कठिनाइलाई अन्त्य गर्दै लगिने जानकारी दिनुभयो ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुग्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि प्रत्येक ह्वीलचियरसँगै एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिने र त्यस्ता सेवाग्राही र कर्मचारीलाई सहयोग पु¥याउने छन् ।

    सरकारले त्यस व्यवस्थालाई औपचारिकता वा तत्कालिक सुरुआतमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा निरन्तरता दिने दृढ सङ्कल्प लिएको प्रवक्ता अर्यालले बताउनुभयो । 

    सिंहदरबार छिर्ने प्रत्येक अशक्त कर्मचारी र सेवाग्राहीले जुनसुकै दिन र समयमा पनि विनाझन्झट सुविधा निरन्तर रूपमा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा आगामी दिनमा देशभरका अन्य सरकारी निकायले पूर्ण कार्यान्वयन गर्नेछन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
    किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा
    आलेख– कालीगण्डकी करिडोरः सडकसँगै बदलिएको जनजीवन
    • तुइन खोलामा पहिरो रोकथाम सुरु
    • धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
    • विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
    • सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.