सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १६:२१ 
  • काठमाडौँ, २३ असार । राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, तराई–मधेसमा घट्दै गएको भूमिगत पानीको स्रोतलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका–२३ मा यही असार २० गते ध्रुवे नामको जङ्गली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाछोराकोे ज्यान लिएको घटनाप्रति गम्भीर हुन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद धर्मेन्द्र पासवानले पछिल्लो समय मधेसमा असुरक्षा बढ्दै गएको, पीडक खुलेआम घुमिरहेकामा चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारको ध्यानकर्षण गराउनुभयो ।

    सांसद महन्थ ठाकुरले चुरेभावरको विनासले मधेसमा पानीको स्रोत सुकेको, पिउने पानीको अभाव भएको र चापाकलसमेत सुकेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समाधानका लागि पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो ।

    सांसद मीनासिंह रखालले कर्णालीले हरेक दिन सास्ती भोग्दै आएको अवस्थामा सुर्खेतबाट कालीकोट जाँदै गएको यात्रुवाहक बस कर्णालीमा खस्दा अहिलेसम्म सो बस र त्यसमा सवार यात्रुका बारेमा एकिन हुन नसकेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद रामकुमारी झाँक्रीले सुशासनका नाममा कर्मचारीतन्त्र अन्योलमा परेको र कयौँले राजीनामा दिनुपर्ने अवस्था सृजना भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेखाकुमारी झाले सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने भने पनि त्यसो हुन नसकेको र शिक्षाका उपभोक्ता मारमा परेको धारणा व्यक्त गर्नुभयो ।

    सांसद रोशनी मेचेले देश लोडसेडिङमुक्त भएको घोषणा गरिए पनि सेवाग्राही उपभोक्ताले विद्युत् प्रयोग गर्न नपाएको सन्दर्भमा विद्युत् प्राधिकरणको ध्यान जानुपर्ने बताउनुभयो ।

    सांसद वासुदेव घिमिरेले माइतीघरमा दृष्टिविहीन आफ्नो हकअधिकारको माग गर्दै आन्दोलनमा बसेकाप्रति सरकारको ध्यानकर्षण गराउँदै उनीहरूको माग तत्काल पूरा गर्न आग्रह गर्नुभयो ।

    सांसद सम्झना देवकोटाले यही असार १८ गते मन्त्रिपरिषद्को बैठकले शिक्षा ऐन संशोधन गरी विद्यालय व्यवस्थापन समितिमा राजनीतिक दलको सदस्यता भएका व्यक्तिलाई अध्यक्ष र सदस्यमा बस्न नमिल्ने व्यवस्था गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै संशोधित ऐनले संवैधानिक हकको हनन गरेको बताउनुभयो ।

    सांसद सोमनाथ पोर्तेलले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठमेलमा बढे भारतीय पर्यटक
    कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ: कृषिमन्त्री चौधरी
    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
    • आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
    • हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती
    • किसानलाई अनुदानमा कृषि उपकरण
    • गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.