सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार १७:३० 
  • काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पार्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले सरकारले १०० दिनका अवधिमा गरेका  प्रयासलाई सकारात्मक रूपमा लिन्छु भन्नुभयो ।  सांसद आङ्देम्बेले भन्नुभयो“ सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ । सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन । किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन् । नेपाल देश हो ।”

    उहाँले लोकतन्त्रमा सरकारको मूल्याङ्कन नागरिकको अनुभवबाट हुने टिप्पणी गर्दै सरकारको मूल्याङ्कन संविधानको सम्मानबाट संसद्प्रतिको उत्तरदायित्वबाट र सार्वजनिक संस्थाको विश्वसनीयताबाट हुने बताउनुभयो । उहाँले भन्नुभयो,“लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व हो ।  राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्छ  ।  लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि र संविधानको औचित्यपूर्ण संशोधनका लागि सरकारलाई सहयोग गर्दछ । यदि सरकारले राष्ट्रिय सहमतिका लागि हात बढाउँछ भने कांग्रेस सधैँ सकारात्मक भूमिका खेल्न तयार छ । हामी सरकार सफल होस् भन्ने चाहन्छौँ, किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन् । नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन् ।”

    नेता आङ्देम्बले सुकुम्बासी समस्याको दिगो समाधानका लागि आग्रह गर्नुभयो । साथै उहाँले संविधान निर्माणमा संसद्का सबै दल, संसद् बाहिरका पार्टीदेखि विभिन्न दल, संवैधानिक कानुनका विज्ञलगायतबीच संवाद गर्नुपर्ने सुझाव दिनुभयो । सर्वपक्षीय रूपमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

    उहाँले एउटै हात्तीको आक्रमणबाट २५ जनाको ज्यान गएको र एउटै परिवारका चारजनाले ज्यान गुमाउनुपरेको पीडादायी अवस्थामा सरकारले हात्ती नियन्त्रण गर्न प्रभावकारी योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । “यस्तो अवस्थामा राहत बाँडेर मात्र दायित्व पूरा हुँदैन । जङ्गली जनावरबाट नागरिकको जीवन र खेतीपातीको सुरक्षा गर्ने दीर्घकालीन नीति, प्रभावकारी उद्धार संयन्त्र र शीघ्र हस्तक्षेपको व्यवस्था तत्काल लागू गरियोस्” उहाँले माग गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वी नेपालको पर्यटन पर्वद्धनमा महिला व्यवसायी सक्रिय
    सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
    स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ: स्वास्थ्य मन्त्री
    • बागलुङको तरकारी पोखरामा बिक्री
    • लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख
    • ‘असारे घाँसे जुहारी’ सार्वजनिक
    • राष्ट्रियसभा: दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.