सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार १४:२४ 
  • काठमाडौँ, २२ असार । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रम’को सुरु गरिएको छ ।

    प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोङ्गबुले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागुऔषध दुव्यर्सनबाट जोगाउन सचेतना प्रदान गर्ने हेतुले सप्ताहव्यापी कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अपराधमुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

    विशेषगरी, युवा पुस्तामा बढ्दो लागुऔषधको लत र समाजमा लुकेर रहेका मानव बेचबिखनका घटना नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रमले सहयोग पुग्ने बताउँदै उहाँले मानव बेचबिखन र लागुऔषधविरुद्धको अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले गोङ्गबु बसपार्क क्षेत्र लागुऔषध दुव्र्यसन र मानव बेचबिखनको समस्या रोकथामका लागि सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायातका साधनमार्फत लागुऔषध ओसारपसार हुने भएकाले दोषी चालक तथा सहचालक बन्ने गरेको हुँदा त्यसको रोकथामका लागि यात्रु चढाउँदा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    टोखा नगरपालिका–९ का अध्यक्ष रामभक्त घिमिरेले गोङ्गबु क्षेत्रलाई अपराधमुक्त बनाउन स्थानीय सरकारले प्रहरीसँगको सहकार्य गर्दै आइरहेको छ भन्नुभयो ।

    प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख शङ्कर श्रेष्ठले गोङ्गबु बसपार्क क्षेत्रका होटल, रेष्टुराँ, दोहोरी, विद्यालय, सार्वजनिक स्थानमा एक सातासम्म ‘मानवबेचबिखन र लागुऔषधविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । 

    कार्यक्रममा महर्षि कलेज पवित्रनगर, विएसटी कलेज बसपार्कका विद्यार्थीको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वी नेपालको पर्यटन पर्वद्धनमा महिला व्यवसायी सक्रिय
    सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
    स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ: स्वास्थ्य मन्त्री
    • बागलुङको तरकारी पोखरामा बिक्री
    • लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख
    • ‘असारे घाँसे जुहारी’ सार्वजनिक
    • राष्ट्रियसभा: दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.