सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा: दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग


  •    न्युजभित्तो/२२ असार २०८३, सोमबार १४:१९ 
  • काठमाडौँ, २२ असार । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन, सडक सुरक्षा, महङ्गी नियन्त्रण, लैङ्गिक समानता, महिला स्वरोजगार र सार्वजनिक यातायातलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

    सांसद पदमबहादुर परियारले सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत दलित समुदायसँग क्षमायाचना गर्ने तथा सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ माग्नुभयो । सांसद मनरुपा शर्माले साझा बसमा निलो रङ प्रयोग गरिएको विषयप्रति आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको पहिचान र मौलिकता जोगाउन आग्रह गर्नुभयो ।

    सांसद रुक्मिणी कोइरालाले लैङ्गिक असमानता, जातीय विभेद तथा श्रम शोषण अन्त्यका लागि प्रभावकारी नीति र कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद रेणु चन्दले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    यसैगरी सांसद विष्णुकुमारी सापकोटाले महिलालाई स्वरोजगार बनाउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो । 

    सांसद विष्णुदेवी पुडासैनीले भने ट्राफिक नियम कडाइ गर्दा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन आग्रह गर्दै सडकका खाल्डाखुल्डी तथा असुरक्षित सडक संरचना तत्काल सुधार गर्नुपर्ने बताउनुभयो । 

    सांसद श्रीकृष्णप्रसाद अधिकारीले बढ्दो महङ्गीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

     सांसद सावित्री मल्लले कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सडक सुरक्षाका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुबहादुर विश्वकर्मा र कृष्णबहादुर रोकायले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वी नेपालको पर्यटन पर्वद्धनमा महिला व्यवसायी सक्रिय
    सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
    स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ: स्वास्थ्य मन्त्री
    • बागलुङको तरकारी पोखरामा बिक्री
    • लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख
    • ‘असारे घाँसे जुहारी’ सार्वजनिक
    • राष्ट्रियसभा: दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.