सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना


  •    न्युजभित्तो/२१ असार २०८३, आईतवार १४:०२ 
  • मुस्ताङ, २१ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताउनुभएको छ । 

    जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी छलफलमा उहाँले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना सुनाउनुभयो । 

    आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरलाराजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने भन्दै उहाँले मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । 

    मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या जटिल बन्दै गइरहेकाले त्यसको समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागू गर्न सरोकार भएका निकायलाई सुझाउनुभयो ।

    यहाँका पर्यटनसम्बन्धी विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र व्यवसायीले पर्यटन क्षेत्रका सम्भावना र चुनौतीबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न
    मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ: सभामुख अर्याल
    धुव्रतारा कृषि सहकारीद्वारा अर्गानिक लौकाखेती विस्तार
    • सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड
    • सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
    • बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
    • सावाखोलामा पक्की पुल निर्माण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.