सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह


  •    न्युजभित्तो/१६ असार २०८३, मंगलवार १३:३० 
  • मुग्लिन (चितवन), १६ असार । वरण्डाभार जैविकमार्गस्थित सामुदायिक वनमा ‘रात्रिकालीन जीप सफारी’ सञ्चालनमा आएपछि स्थानीयमा उत्साह थपिएको छ । पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यसहित ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन गरिएको हो ।

    पर्यटनमा नयाँ आकर्षण थप्ने उद्देश्यले परीक्षणका रूपमा ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन गरिएको पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङ्तानले बताउनुभयो । स्याङ्तानले भन्नुभयो, “यसअघि चितवन राष्ट्रिय निकुञ्जमा सीमित पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने हाम्रो लक्ष्य छ ।” रत्ननगरको दक्षिण क्षेत्रभित्र पर्ने पञ्चकन्या, कालिका नगरपालिकाभित्र पर्ने चर्तुमुखी र भीमवली वनले संयुक्त रूपमा करिब ३० किलोमिटर जङ्गल मार्ग तयार पारी परीक्षणका रूपमा ‘रात्रिकालीन जीप सफारी’ सुरु गरेको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

    नेपालमा पहिलोपटक चितवनलाई सफारी पर्यटनको राजधानी बनाउने अभियानका साथ ‘रात्रिकालीन जीप सफारी’ सुरू गरिएको सचिव सुवेदीले बताउनुभयो । उहाँका अनुसार परीक्षण सफल भएपछि यसलाई नियमित पर्यटन गतिविधिका रूपमा सञ्चालन गरिनेछ ।

    वरण्डाभार क्षेत्र चितवन राष्ट्रिय निकुञ्जलाई महाभारत क्षेत्रसँग जोड्ने महत्वपूर्ण जैविक मार्ग हो । प्रभावकारी संरक्षणले एकसिङ्गे गैँडा, पाटेबाघ, चितुवा, भालु, जरायो, चित्तल, बँदेललगायतका वन्यजन्तु देख्न सकिन्छ । रातिको समयमा वन्यजन्तुको प्राकृतिक गतिविधि अवलोकन गर्न सकिने भएकाले ‘रात्रिकालीन जीप सफारी’ पर्यटकका लागि थप आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

    सामुदायिक वनले संरक्षणसँगै पर्यापर्यटनलाई प्राथमिकतामा राख्दै जङ्गलभित्र रहेका तालतलैयाको मर्मत–सम्भार, वन्यजन्तु अवलोकनका लागि मचान निर्माण तथा पर्यटक मैत्री पूर्वाधार विकासका काम अघि बढाएका छन् । अभियानमा बागमती प्रदेश सरकार, स्थानीय पालिका, डिभिजन वन कार्यालय चितवन र क्षेत्रीय होटल सङ्घ सौराहाको सहकार्य रहेको छ ।

    होटल व्यवसायीले ‘रात्रिकालीन जीप सफारी’ मा पर्यटक लैजाने प्रतिबद्धता जनाएसँगै सामुदायिक वनका उपभोक्ता उत्साहित बनेका छन् । ‘रात्रिकालीन जीप सफारी’ नियमित सञ्चालन हुँदा चितवनको बसाइँ लम्बिने, वनमा पर्यटकको आकर्षण बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव महेश खनालले बताउनुभयो ।

    पहिलो चरण यस क्षेत्रमा बेलुका ५ देखि ९ बजेसम्म ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन हुनेछ । जसका लागि प्रतिजीप रु ५०० शुल्क निर्धारण गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.