सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल


  •    न्युजभित्तो/१४ असार २०८३, आईतवार १७:५१ 
  • काठमाडौँ, १४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताउनुभएको छ ।

    जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा आज यहाँ आयोजित विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ परिवर्तित सन्दर्भमा कम्युनिष्ट शक्तिबीच सहकार्य आवश्यक भएको बताउनुभयो ।

    संवैधानिक अधिकार रक्षाका निम्ति सबै राजनीतिक वामशक्तिबीच साझेदारी अपरिहार्य भएको उहाँको भनाइ थियो । ‘चाँडोभन्दा चाँडो समान विचार भएका दल एकताबद्ध हुन जरुरी छ,’ उहाँले भन्नुभयो ।

    विगतका कमीकमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रका सामु उत्पन्न चुनौतीको सबै नेता तथा कार्यकर्ताले मिलेर सामना गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न आफू तत्पर रहेको संयोजक दाहालले बताउनुभयो । यस्तो सहकार्य शीघ्र हुनुपर्नेमा उहाँको जोड थियो ।

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै युवापुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो । उहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर कम्युनिष्ट शक्ति अगाडि बढ्नुपर्छ भन्नुभयो ।

    कम्युनिष्ट पार्टीहरूले आत्ममूल्याङ्कन गर्न ढिलो भएको धारणा व्यक्त गर्दै नेता नेपालले एकता नै बल हो भन्ने वास्तविकता बिर्सन नहुने बताउनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच एकताको विकल्प नभएको बताउनुभयो । उहाँले एकताको प्रक्रिया प्रारम्भ गर्नुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.