सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित


  •    न्युजभित्तो/१४ असार २०८३, आईतवार १५:४४ 
  • चितवन, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्यहरू पदाधिकारीमा निर्वाचित हुनुभएको छ । चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ का सोविता गौतम उपसभापति र क्षेत्र नं १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ ।

    पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित पार्टी उपसभापति डा स्वर्णीम वाग्लेको घर पूर्वी चितवनमा छ । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा रहेको घरमा वाग्लेका बुबा आमा बस्दै आउनुभएको छ । त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

    जिल्लाकै नेताहरू प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो । यस अघिका केन्द्रीय सदस्य राजन गौतमको नाम केन्द्रीय सदस्यका लागि चर्चामा रहे पनि आवास तथा खाना व्यवस्थापन समितिमा रहेकाले कार्यव्यस्तताका कारण उहाँले उम्मेदवारी दिनुभएन ।

    पौडेलले समग्र केन्द्रीय समितिमा जिल्लाका धेरै नेताहरूको प्रतिनिधित्व भएको बताउनुभयो । उहाँले तीन वटै क्षेत्रका प्रतिनिधिसभा सदस्य पदाधिकारी हुनु जिल्लाका लागि गर्वको विषय भएको बताउनुभयो । अब मनोनित हुने ५१ जनाभित्र पनि चितवनका नेताहरू पर्ने आकलन गरिएको उहाँले बताउनुभयो ।

    हालै चितवनको भरतपुरमा सम्पन्न हाधिवेशनमा देशभरबाट झण्डै १० हजार प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरू सहभागी भएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.