सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा


  •    न्युजभित्तो/२९ जेष्ठ २०८३, शुक्रबार १७:२१ 
  • भोजपुर, २९ जेठ । फौजी कीराले मकैबालीमा क्षति पुर्याएपछि भोजपुरका किसान चिन्तामा परेका छन् । 

    विशेषगरी बेँसी क्षेत्रका बारीमा कीराको आक्रमण बढी देखिएको छ । फौजी कीराले पात, डाठ र गाभा नै खान थालेपछि बाली सखाप हुने अवस्थामा पुगेको पौवादुङमाका किसानहरू बताउँछन् ।

    फौजी कीराले मकैको कोमल भागमा आक्रमण गर्ने गर्दछ । यसले सुरुमा पातमा स–साना प्वाल पार्दै खाने र मकैको गाभाभित्र पसेर भित्री भाग नै खाने गरेको पौवादुङमा–६ ठूलोदुम्माका किसान बलराम राईले बताउनुभयो ।

    “पानी नपरेर मकै राम्रोसँग बढ्न सकेन”, उहाँले भन्नुभयो, “त्यसमाथि फौजी कीराले झन् नोक्सान गर्यो । वर्षात् भएमा कीराको क्षति कम हुने थियो । खडेरीका कारण पनि बढी क्षति पुर्याएको अवस्था छ ।”

    किसानहरूले समयमै नियन्त्रणका उपाय नअपनाइएमा अझ ठूलो क्षति हुनसक्ने भन्दै सम्बन्धित निकायसँग तत्काल सहयोगको माग गरेका छन् । प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन तथा परामर्श दिने काम भइरहेको पौवादुङमा गाउँपालिकाका कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा
    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड
    सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण
    • सरकारी अस्पतालमा बिरामीको भार
    • राष्ट्रियसभा: मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्
    • पुराना काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय
    • पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.