सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन


  •    न्युजभित्तो/२९ जेष्ठ २०८३, शुक्रबार १२:१० 
  • कर्णाली, २९ जेठ । कर्णाली प्रदेशको प्रारम्भिक विपद्÷मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अनुमोदन गरिएको छ ।

    कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिबद्ध चरण–३ र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा कार्यशाला गोष्ठीमार्फत उक्त योजना अनुमोदन गरिएको हो । विपद् पूर्वतयाारी तथा प्रतिकार्य योजना–२०८३ लाई अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेशस्तरका सरोकारवालाहरूसँगको समीक्षा, परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो ।

    “गोष्ठीमा प्रदेश सरकारद्वारा तयार पारिएक विपद्सम्बन्धी नीति, योजना, मापदण्ड तथा मार्गदर्शनको प्रस्तुति पनि गरियो”, प्रमुख गौतमले भन्नुभयो, “सरोकारवालाहरूसँग विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को मस्यौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव सङ्कलन गर्ने काम भयो ।” त्यस्तै, विपद् पूर्वतयारी तथा प्रतिकार्यका सम्बन्धमा उत्कृष्ट अभ्यास र अनुभवहरूको पनि प्रस्तुति गरिएको उहाँले बताउनुभयो ।

    पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजना (पिन)का कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ लाई अन्तिम रूप दिन गरिएको कार्यशाला गोष्ठीबाट योजना अनुमोदनमा सहयोग पुगेको बताउनुभयो । उहाँले विषयगत क्षेत्रअनुसार समूह कार्य, त्यसबाट प्राप्त प्रमुख सिफारिस, सहमति र आगामी मार्गचित्रका बारेमा सहजीकरण गर्नुभएको थियो ।

    गोष्ठीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ को भूमिकाबारेमा प्रस्तुति राख्नुभएको थियो । सेभ द चिल्ड्रेनका सुर्खेत फिल्ड प्रमुख रत्नराज ओझाले अनुमोदित प्रतिकार्य योजनाले सरोकारवाला सबैलाई जिम्मेवार बनाएको भन्दै यसले यहाँको जोखिम न्यूनीकरण तथा नागरिक सुरक्षामा सहयोग पुग्ने बताउनुभयो ।

    उक्त गोष्ठीमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, आपत्कालीन कार्य सञ्चालन केन्द्र, सूचना, प्रविधि तथा सञ्चार क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.