सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट


  •    न्युजभित्तो/२८ जेष्ठ २०८३, बिहीबार १५:५९ 
  • काठमाडौँ, २८ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले आज उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, सङ्घीयता सुदृढीकरण, प्रदेश(सङ्घीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    उपराष्ट्रपति यादवले प्रदेशप्रमुख खापुङलाई स्वागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेश र सङ्घबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेश प्रमुख खापुङले सङ्घीयता कार्यान्वयनमा प्रदेशस्तरको प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय एकता, समावेशिता र संविधानको मर्मअनुसार प्रदेश सरकारको भूमिकाबारे जानकारी दिनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.