सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह


  •    न्युजभित्तो/२८ जेष्ठ २०८३, बिहीबार १३:२४ 
  • नेपालगन्ज, २८ जेठ । बाँकेको नौवस्तास्थित कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ ।

    एड्भोकेसी फोरम नेपाल र नेपालगञ्ज उच्च बार एसोसिएसनको संयुक्त टोलीले गरेको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सो कुरा औँल्याएको हो ।

    केहीदिनअघि नेपालगञ्ज उच्च बारसँगको समन्वयमा एड्भोकेसी फोरम नेपालले कारागार कार्यालय नौवस्ता, बाँकेको स्थलगत अनुगमन गरेको थियो । 

    प्रतिवेदनमा गत जेठ १६ कारागारभित्र कैदीबन्दीबीच भएका झडप र त्यसपछिको परिस्थितिको अध्ययन गर्नुका साथै कैदीबन्दीका गुनासा, समस्या र न्यायमा पहुँचको अवस्थाबारे जानकारी सङ्कलन गरिएको एड्भोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो ।

    जेठ १६ गते भएका घटनाको वस्तुस्थिति बुझ्न विभिन्न पक्षसँग तथ्य बुझी कैदीबन्दीलाई आवश्यक कानुनी परामर्श प्रदान गरिएको थियो । कारागारमा कूल ७३० पुरुष कैदीबन्दीसँगै आश्रित दुई जना बालबालिकासमेत रहेका छन् । 

    मुद्दागत आधारमा कैदीबन्दीको विस्तृत विवरणमा जबर्जस्ती करणीमा २२४, लागुऔषधमा १८३, कर्तव्य ज्यानमा १५३,  चोरीमा २७, अपहरण तथा सार्वजनिक अपराधमा २२, विविध कसुरमा १८ डाँका चोरीमा १६, विभिन्न उद्योग  मुद्दामा १६, सवारी ज्यानमा ११, ज्यान मार्ने उद्योगमा सात र हातहतियार तथा खरखजानामा दुई जना रहेका छन् ।

    नौवस्ता कारागारमा कूल ३२ जना भारतीय नागरिक सजाय भुक्तान वा अनुसन्धानका क्रममा रहेका छन्, जसमध्ये एक जना थुनुवा अवस्थामा छन् भने ३१ जनाको मुद्दा फैसला भई सजाय भुक्तान गरिरहेका छन् । 

    विदेशी नागरिकका मुद्दागत विवरणअनुसार लागुऔषधमा १७, चोरी तथा डाँका चोरीमा पाँच, ज्यान मार्ने उद्योगमा तीन जबर्जस्ती करणीमा दुई, कर्तव्य ज्यानमा दुई र अन्य विविध कसुरमा एक जना रहेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.