सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण


  •    न्युजभित्तो/२८ जेष्ठ २०८३, बिहीबार १३:०० 
  • म्याग्दी, २८ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण भएको छ ।

    अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले चालु आवको सालबसाली तीन वटै योजना निर्धारित समयअगावै सम्पन्न भएका जानकारी दिनुभयो ।

    अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित कालीगण्डकी नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको छ । रुप्से बिल्डर्स प्रालिले रु २७ लाख ९५ हजारमा ठेक्का पाएको यस योजनामार्फत २६ मिटर पक्की पर्खाल निर्माण भएको छ ।

    एसके कन्ट्रक्सनले रु १४ लाख ९९ हजारमा ठेक्का पाएको बेनी नगरपालिका–४ सिंगा तातोपानी बस्ती संरक्षण योजनामार्फत माथिल्लो तातोपानी बजारस्थित खेलमैदान क्षेत्रमा तटबन्ध भएको छ ।

    हरिवर तिवारी निर्माण सेवाले रु २६ लाख ८० हजारमा ठेक्का पाएको मङ्गला गाउँपालिका–२ सिममा म्याग्दी नदी नियन्त्रण योजना पनि सम्पन्न भएको छ । उक्त योजनामार्फत सिमस्थित म्याग्दी नदीको किनारमा ४६ मिटर दूरीमा ग्यावियन पर्खाल निर्माण भएको छ ।

    सिमका बासिन्दा धु्रव केसीले तटबन्ध गरेपछि कटान रोकथाम भई बस्ती र खेतीयोग्य जमिन संरक्षण भएको बताउनुभयो । तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिनलाई कटान र बाढीबाट जोगाउन योजनालाई निरन्तरता दिनुपर्ने केसीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
    कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
    सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
    • माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
    • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
    • जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
    • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.